मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

युवाको सपना बोकेर मैदानमा बिष्ट, बाँके २ मा जेनजीको भावनात्मक साथ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ माघ २०८२, सोमबार

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल नयाँ चरणमा प्रवेश गरेको छ । सामाजिक सञ्जालदेखि चोक–चौराहा, कलेजदेखि समुदायसम्म जेन-जी युवाहरूको संगठित समर्थन प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टतर्फ केन्द्रित हुँदै गएको देखिएको छ । युवाहरूले यो समर्थन भावनामा होइन, विचार, नीति र भविष्यसँग जोडेर अघि बढाएको बताएका छन् ।

जेनजी पुस्ताका प्रमुख सरोकार—रोजगारी, सीप विकास, उद्यमशीलता, गुणस्तरीय शिक्षा, प्रविधिको उपयोग र पारदर्शी शासन—माथि उम्मेदवार बिष्टले खुला र स्पष्ट संवाद गरेपछि युवाहरू थप विश्वस्त बन्दै गएको उनीहरूको भनाइ छ । “हामी नाराभन्दा समाधान खोज्छौँ,” युवाहरूको साझा धारणा छ, र यही अपेक्षासँग बिष्टको दृष्टिकोण मेल खाएको उनीहरूले बताएका छन् ।

युवासँगको छलफलमा उम्मेदवार दिपेन्द्र बिष्टले राजनीतिलाई अवसर होइन, जिम्मेवारीको रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय स्तरमै रोजगारी सिर्जना, साना तथा नवप्रवर्तनमुखी व्यवसायको प्रवर्द्धन, सीपमूलक तालिम र डिजिटल अवसर विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “युवाको भविष्य सुरक्षित नभएसम्म देशको भविष्य सुरक्षित हुँदैन,” उहाँको भनाइ थियो ।

जेनजी युवाहरूले बिष्टलाई सुन्ने, बुझ्ने र व्यवहारिक समाधान प्रस्तुत गर्ने नेताका रूपमा हेरेका छन् । सरल शैली, स्पष्ट सोच र युवामैत्री दृष्टिकोणकै कारण युवाहरू स्वतःस्फूर्त रूपमा संगठित हुँदै अभियानमा जोडिन थालेका छन् ।

बाँके निर्वाचन क्षेत्र नं. २ मा देखिएको यो युवा लहर केवल चुनावी समर्थन मात्र नभई, राजनीति बदल्ने चाहनाको सशक्त अभिव्यक्ति बनेको छ । विश्लेषकहरूका अनुसार जेनजी को सक्रिय सहभागिताले चुनावी नतिजामा मात्र होइन, भोलिको राजनीतिक संस्कार र नेतृत्व निर्माणमा समेत गहिरो प्रभाव पार्ने संकेत देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार