मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्थानीय तहको निर्वाचनका लागि आज देखि मतपत्र छपाइ सुरु

महमूद आलम खान 1133+ समाचार ( )
नर्वाचन आयोगको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजैबाट मतपत्र छपाइ कार्य सुरु हुने बताए
२१ चैत्र २०७८, सोमबार

काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ का लागि सोमबारदेखि मतपत्र छपाइको काम आजबाट सुरु हुने भएको छ । नर्वाचन आयोगको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजैबाट मतपत्र छपाइ कार्य सुरु हुने बताए ।

पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताए । उनले भेन, ‘आयोगले १ लाख ८० हजार नमूना मतपत्र छापिसकेको छ । र, अब मतपत्र छाप्नका लागि आज आयोगले निर्णय गरेर पठाउँदैछ । हिजो नमूना छापियो। आजबाट मतपत्रको छपाइ सुरु हुन्छु ।

कूल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन् । सबैभन्दा कम १६ लहरका मतपत्र रोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ । जनक शिक्षा सामाग्री केन्द्रले मतपत्र छाप्दैछ ।

पौडेलका अनुसार, ८ प्रतिशतदेखि २५ प्रतिशतसम्म थप मतपत्र छापिन्छ । उनले भने, ‘साह्रै कम मतपत्र हुने र दुर्गम जिल्लामा बढी प्रतिशत छापिन्छ। किनभने त्यहाँ बिग्रिहाल्यो भने थप मतपत्र चाहिने अवस्था भयो भने ढुवानीले छापिएको मतपत्रभन्दा बढी मूल्य तिर्नुपर्ने स्थिति हुनसक्छ ।’

मनाङ, जुम्ला, हुम्ला जस्ता ठाउँहरुमा बढी प्रतिशत जगेडा राखिन्छ । नजिकका र धेरै मतपत्र आवश्यक पर्ने जिल्लामा कम प्रतिशत जगेडा राखेर मतपत्र छपाइ गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार