मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग रोकिएन

महमूद आलम खान 1132+ समाचार ( )
हुरीपपका केन्द्रीय अध्यक्ष आलम खानले स्थानीय निर्वाचनको प्रचार प्रसारमा बालबालिकालाई सडकमा उतार्नु बाल अधिकार विपरित भएको भन्दै त्यस्तो नगर्न अपिल गरेको छ ।
२३ वैशाख २०७९, शुक्रबार

बाँके । मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) ले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरित बाँके र कपिलबस्तुमा केही राजनितिक दलहरुले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएकोले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हुरीपपका केन्द्रीय अध्यक्ष आलम खानले स्थानीय निर्वाचनको प्रचार प्रसारमा बालबालिकालाई सडकमा उतार्नु बाल अधिकार विपरित भएको भन्दै त्यस्तो नगर्न अपिल गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचार प्रसारका लागि बाँकेको खजुरामा नेकपा एमाले, नेपालगञ्ज १७ मा जनता समाजवादी पार्टी, नेपालगञ्ज २ मा राप्रपा नेपाल र कपिलवस्तुको माया देवी गाउँपालिकामा बालबालिकालाई सहभागी गराइएकोप्रति हुरीपपले विज्ञप्ती निकालेर विरोध जनाएको हो। 

बालबालिका तथा किशोर किशोरी (१८ वर्षमुनिका) लाई चुनावको कुनै पनि प्रक्रिया (प्रचारप्रसार गर्ने, भोट माग्ने र र्‍याली) मा समावेश नगर्न आग्रह गरिएको छ । निर्वाचन आयोगद्वारा जारी ‘निर्वाचन आचारसंहिता, २०७८’ को पूर्ण पालना सुनिश्चित गरिनुपर्ने बिज्ञप्तिमा भनिएको छ । 

हुरीपपले राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यका साथ अवोध बालबालिकाहरुको प्रयोग हुनु अत्यन्त दुःखद भएको बताएको छ।  हुरीपपले बालबालिकाको प्रयोग गर्नेमाथि कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार