मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |
मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |


“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१० जेठ २०८३, आइतबार

बाँके । बाँकेको जानकी गाउँपालिकाले बि-ग्रुपको सहयोगमा ग्रामीण समुदायमा पोषण सचेतना अभिवृद्धि, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा आधुनिक कृषि प्रविधिको विस्तार गर्ने उद्देश्यसहित बेलभारमा आयोजना गरेको “प्राङ्गारिक कृषि तथा पोषण मेला” सम्पन्न गरेको छ ।

“स्वस्थ माटो, स्वस्थ बाली, स्वस्थ जीवन, हामी सबैको जिम्मेवारी” भन्ने मूल नारासहित आयोजित मेलामा चार दर्जनभन्दा बढी स्थानीय कृषकहरूले आफ्नै उत्पादन प्रदर्शनीमा राखेका थिए । मेलाले स्थानीय कृषि उत्पादन, रैथाने बीउ संरक्षण, पोषणयुक्त खानपान र वातावरणमैत्री खेती प्रणालीप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो ।

आइतबार आयोजित मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष छब्बन खाँले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष खाँले माटोको उर्वराशक्ति जोगाउन र मानव स्वास्थ्य सुरक्षित राख्न प्राङ्गारिक खेती प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले पछिल्लो समय अत्यधिक विषादी प्रयोगका कारण कृषि उपज र मानव स्वास्थ्य दुवै जोखिममा परेको उल्लेख गर्दै अबको खेती प्रणाली वातावरणमैत्री र प्राङ्गारिक हुनुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो माटो जोगिए मात्र भविष्य सुरक्षित हुन्छ,” अध्यक्ष खाँले भन्नुभयो, “उत्पादन वृद्धि मात्रै होइन, स्वस्थ जीवनशैली र सुरक्षित खाद्य प्रणाली निर्माण आजको आवश्यकता हो ।”

उहाँले किसानहरूलाई एउटै बालीमा व्यवसायिक रूपमा केन्द्रित हुन, जलवायु अनुकूल खेती प्रणाली अपनाउन तथा रैथाने बालीका बीउ संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कृषि पेशालाई सम्मानित र आत्मनिर्भर बनाउने उद्देश्यले किसानमैत्री बजेट ल्याउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

मेलामा डिजिटल खेती, स्मार्ट कृषि प्रणाली, पोषण प्रवर्द्धन तथा नवप्रवर्तनमा आधारित जानकारीमूलक स्टलहरू राखिएका थिए । स्थानीय कृषकहरूले उत्पादन गरेका तरकारी, अन्नबाली, फलफूल, घरेलु परिकार तथा प्राङ्गारिक उत्पादनहरू अवलोकनकर्ताको आकर्षण बनेका थिए ।

कार्यक्रममा जलवायु परिवर्तन अनुकूल कृषि प्रविधि अपनाएर उत्पादन वृद्धि गर्ने उपायबारे जानकारी दिइएको थियो भने सुनौला हजार दिनका आमा तथा बालबालिकाको पोषण सुधारमा यस्ता कार्यक्रम प्रभावकारी हुने जनाइएको थियो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक दल बहादुर रानाले पोषण र कृषिबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता मेलाले ग्रामीण समुदायमा पोषणसम्बन्धी व्यवहार परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षभित्र गाउँपालिकाको एक वडालाई “पोषणयुक्त वडा” घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले मेलामा प्राङ्गारिक कृषि उत्पादन प्रदर्शनी, पोषण सचेतनामूलक नाटक, सांस्कृतिक कार्यक्रम तथा कृषिसम्बन्धी अन्तरक्रियात्मक गतिविधि सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी स्थानीय कृषक, महिला समूह, स्वास्थ्यकर्मी तथा सरोकारवालाले गाउँपालिकाले यस्ता कार्यक्रमलाई अझै निरन्तर, व्यवहारिक र उत्पादनमुखी बनाउनुपर्ने सुझाव दिएका छन् । कृषकहरूका अनुसार मेलामा मात्रै सीमित नभई प्रत्येक वडामा प्राङ्गारिक कृषि तालिम, बीउ बैंक स्थापना, किसान परामर्श सेवा, बजार व्यवस्थापन तथा पोषण शिक्षा अभियान सञ्चालन गरिए ग्रामीण समुदाय थप लाभान्वित हुनेछन् ।

विशेषज्ञहरूका अनुसार स्थानीय तहले कृषि र पोषणलाई जोडेर सञ्चालन गर्ने कार्यक्रमले कुपोषण न्यूनीकरण, स्थानीय उत्पादन प्रवर्द्धन, वातावरण संरक्षण तथा ग्रामीण आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

कार्यक्रममा बिग्रुपकि उपाध्यक्ष मिरा खनाल, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, वडा नं १ का अध्यक्ष मोहम्मद रजा राइ, वडा नं २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नं ३ का अध्यक्ष राज कुमार बर्मा, सामाजिक बिकास समितिका संयोजक राम अचल धोबी, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, स्वास्थ्य संयोजक दल बहादुर राना, आइटी अधिकृत बिकास जिसी, स्वास्थ्य अधिकृत पार्वती स्वमैय, स्वास्थ्यकर्मीहरु गिता शाही, दिपा पुन, उषा वाग्ले लगायत स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार