बाँके । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सव आज मनाइएको छ ।
‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको प्रत्यक्ष निगरानीमा शान्तिपुर्ण तरिकाले मोहम्मद डे सम्पन्न भएको छ ।
मोहम्मदको जन्म इस्वी सम्वत ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो। बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो। उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ। उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो। त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ।