मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रहरी सहायक निरीक्षक थापाको कुटाइबाट धोबीको कानको जाली फुट्यो

महमूद आलम खान 1133+ समाचार ( )
मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रद्वारा घटनाको निन्दा
१६ माघ २०७८, आइतबार

बाँके । बाँकेको हिरमिनियामा सशस्त्र प्रहरीको कुटाइबाट एकजना सर्वसाधरण मानिसको कानको जाली फुटेको छ ।

डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत सइ हर्क थापाको कुटाइबाट स्थानीय मनोरथ धोवीको वाँया कानको जाली फुटेको भेरी अस्पतालले जनाएको छ ।

डुडुवा–६ मा ऐलानी जग्गा अतिक्रमण गरी बसेकाहरुलाई हटाउने बिषयमा छलफल भइ रहेका बेला धोबीले प्रहरीलाई अपशब्द प्रयोग गरे पछि सइले कुटेको स्थानीयले बताए ।

कुटाइबाट कान असाध्यै दुखेपछि धोवीलाई उपचारका लागि भेरी अस्पतालमा पुर्याइएको थियो । चिकित्सकले कानको जाली फुटेको जानकारी दिएका छन् ।

विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले घटना स्वीकार गरेका छन् । उनले धोवीले जाड खाएर तथानाम बोल्न थालेपछि सई थापाले सम्झाउनेक्रममा घटना भएको दावी गरे । उनले घटनालाई सामान्यरुपमा लिँदै उपचार गरिदिने बताए ।

यता मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रले घटनाको निन्दा गरेको छ । कानको जाली फुट्ने गरि यातना दिने सइलाई कानुन बमोजिम कारबाही गर्न र घाइतेलाई क्षतिपूर्ति सहित निशुल्क उपचारको व्यवस्था मिलाउन अपिल गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार