मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

नेपालगन्ज । पश्चिम नेपालकै सबैभन्दा ठुलो बजारका रूपमा परिचित नेपालगन्ज बजार केही वर्षअघिसम्म यस क्षेत्रका विभिन्न पहाडी जिल्लाबाट आवश्यक सामान खरिदका लागि आउने प्रमुख हाटबजार थियो।

सोही कारण नेपालगन्जमा विभिन्न सामान खरिदका लागि यस क्षेत्रका विभिन्न पहाडी जिल्लाबाट ठुलो सङ्ख्यामा सर्वसाधारण आउने गर्दथे। नेपालगन्जको इतिहासका जानकार स्थानीय अगुवा सनतकुमार रेग्मीले नेपालगन्ज बजारलाई त्यतिबेला ‘खसियारी बजार’ भनिने र यहाँ हाटबजार गर्न आउनेलाई ‘हटारु’ भन्ने गरिएको बताउनुभयो।

उहाँका अनुसार नेपालगन्जमा हाट गर्न आउनेलाई बसोवासको सुविधाका लागि सरकारी निकायकै तर्फबाट सल्यानी र दैलेखी बङ्गला निर्माण गरिएको थियो। हप्तौँ हिँडेर आएकाहरू त्यहीँ थकाइ मेट्दै किनमेल गर्थे। आफूले ल्याएको घ्यू र जडीबुटी बेच्थे भने यताबाट नुन र लत्ताकपडा लैजान्थे।

सोही सम्झना र इतिहास जोगाउन रुकुमेली सेवा समाज बाँकेले नेपालगन्ज–४ स्थित सल्यानी बङ्गलामा हाट आउनेको सम्झनास्वरूप एक प्रतिमा निर्माण गरिदिएको छ।

रुकुमेली सेवा समाज नेपालगन्जका अध्यक्ष दीपेन्द्र खड्काले तत्कालीन आर्थिक र सामाजिक परिवेशलाई जीवन्त बनाउन यो प्रतिमा बनाइएको बताउनुभयो। उहाँले यो प्रतिमाले विगतको इतिहासलाई सधैँ जीवन्त राख्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

समाजका अनुसार पिठ्युँमा डोको, हातमा लौरो, निधारमा नाम्लो, कम्मरमा पटुकी र खाली खुट्टासहित निर्माण गरिएको हाट आउनेको प्रतिमाले त्यतिबेलाको सम्झना ताजा गराउँछ।

नेपालगन्ज–४ का वडा अध्यक्ष गोपाल पुनले वडा कार्यालयले विगतको सम्झनालाई समेट्ने सामग्री राखेर संग्रहालय बनाउने योजना पनि तयार गरिरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हाटका सबै सम्झनालाई ताजा बनाउँछौँ, सिकाइको माध्यम बनाउँछौँ। तत्कालीन परिवेशको हाट वा खसियारी बजारलाई त्यसैको सुरुआतसँग जोडेर सङ्ग्रहालयसमेत बनाउने सोचमा छौँ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार