मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |

राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेकपाको अपिल

यूथ टुडे समाचारदाता 3692+ समाचार ( )
८ कार्तिक २०८३, शनिबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागी हुन आम नागरिकलाई अपिल गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको अपिलमा महँगी, बेरोजगारी, भ्रष्टाचार र युवा पलायन बढ्दै गएको भन्दै जनजीविकाका समस्या समाधान गर्न अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ ।

पार्टीले वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिएको छ। अभियानमार्फत किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारूलगायत विभिन्न समुदायसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, गुनासा र सुझाव सङ्कलन गरिने पार्टीले जनाएको छ ।

अभियानका क्रममा महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती तथा वैदेशिक रोजगारीका समस्याबारे जानकारी सङ्कलन गरी सम्बन्धित सरकारी निकायसमक्ष समाधानका लागि पहल गरिने अपिलमा उल्लेख छ। साथै, पार्टीले आफ्नो सङ्गठनलाई सुदृढ बनाउने, विगतका कमजोरीको समीक्षा गर्ने र जनताप्रति थप उत्तरदायी बन्ने प्रतिबद्धता जनाएको छ ।

पार्टीले रसुवाको भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग माग गरेको छ। बेपत्ता नागरिकको खोजीमा ढिलाइ नगर्न, आवश्यक स्रोतसाधन र प्रविधि परिचालन गर्न तथा क्षतिग्रस्त सडक, पुल, खानेपानी, सञ्चार र विद्युत् संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रलाई अभियानको प्रमुख उद्देश्य बनाएको छ। संविधान र लोकतन्त्रको रक्षा, भ्रष्टाचार तथा दण्डहीनताको अन्त्य र समाजवाद निर्माणको आधार तयार पार्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र तथा देश–विदेशमा रहेका नेपालीलाई अभियानमा सहभागी हुन प्रचण्डले आह्वान गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार