मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

सुशासन र आर्थिक सुशासनकै पक्षमा रहेको प्रचण्डको भनाइ

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

दाङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र आर्थिक सुशासनकै पक्षमा रहेको बताउनुभएको छ ।

माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि प्रतिपक्षमै रहेर आवाज उठाउँदै आएको बताउनुभयो ।

सत्ता वा प्रतिपक्षमा रहँदासमेत जनताका आवश्यकतालाई प्राथमिकता दिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले विगतका कमिकमजोरीलाई सच्याउँदै जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । उहाँले माओवादी केन्द्रको जनाधार राप्ती क्षेत्रबाटै नेतृत्वलाई सुधार गर्दै लैजाने आफूले सन्देश प्राप्त गरेको जानकारी दिनुभयो ।

उहाँले जनतामाझ पूर्ण समानुपातिकको मुद्दालाई स्थापित गर्दै लैजाने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र तुलसिपुर नगरअधिवेशन तथा जिल्लास्तरीय खबरदारी सभा नगरसभाका अध्यक्ष मोहन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार