मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर हुनेछ - प्रचण्ड

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर हुनेछ । काम खोजेर हिँड्नै पर्दैन ।’
५ कार्तिक २०७९, शनिबार

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि आफूहरुको सरकार बनेसँगै अवसर नै अवसर दिने आश्वासन बताएका छन् ।

शनिबार सत्ता गठबन्धनले विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता–कार्यकर्तालाई यस्तो आश्वासन दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर हुनेछ । काम खोजेर हिँड्नै पर्दैन ।’ प्रचण्डले पार्टीभित्र अन्याय भएकोजस्तो लागेकाहरुलाई पनि निर्वाचनपछि सम्बोधन हुने बताए । प्रचण्डले भने, ‘जो साथीहरुलाई अलिकति अन्याय भएकोजस्तो लागेको छ, तीनलाई सम्बोधन गरिनेछ ।’

आगामी ४ मंसिरको चुनाव सामान्य नभएको र एउटा आन्दोलन नै भएको बताउँदै प्रचण्डले भने, ‘यो निर्वाचन अभियान भनेको एउटा आन्दोलन पनि हो, अभियान पनि हो । यो अभियानलाई गहिरोसँग लिइदिनुहोला ।’

प्रचण्डले अहिले पनि आफूहरुविरुद्ध षडयन्त्र नरोकिएको समेत बताए । उनले भने, ‘गठबन्धनका सबै साथीहरुलाई गहिरो कुरा छ, अहिलेपनि षडयन्त्र रोकिएको छैन् । हामी विजयीको यात्रातिर छौं ।’ उनले यही निर्वाचनमार्फत लोकतन्त्र र परिवर्तनका विरोधी, प्रतिगामी शक्तिहरुलाई परास्तर हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार