मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

ओलीको प्रश्न : क्विन्टल सुन ६१ केजीमा कसरी झर्‍यो ?

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन गायब पार्दै लैजान खोजेको आरोप लगाएका छन् । भन्सार जाँचपास भएर सिनामंगलमा बरामद भएको सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्‍यो ? भन्दै ओलीले प्रश्नसमेत गरेका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफलमा बोल्दै अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन आयोग नबनाउँदा सुन झर्दै गएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्‍यो । त्यसैले यो आयोग बन्न दिइएको छैन ।’

एमालेले आयोग गठनको माग गर्दै आएको छ । यो माग्र पूरा नहुँदा एमालेले संसद् अवरोध गरिरहेको छ । उनले भने, ‘प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म कति केजीमा झर्ने हो ?’

अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गर्दै ओलीले भने, ‘एयरपोर्टबाट सुन बगिरहेको छ । अरु खुल्ला भन्सारको अवस्था झन् कस्तो होला ?’ उनले सुनमा लगानी गर्ने लगानीकर्ता को हो भन्दै त्यसको खोजी गर्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार