मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

छ्वाली आर्ट तालिमले खोल्यो उद्यमशीलताको नयाँ ढोका

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

बाँके । बहिरा युवालाई सीप, रोजगार र उद्यमशीलतामा उकास्ने उद्देश्यसहित १५ दिने ‘छ्वाली आर्ट’ हस्तकला तालिम सम्पन्न गरिएको छ। बाँके र बर्दियाका १० जना बहिरा युवाको सहभागितामा कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्र, खजुरा बाँकेमा आयोजित तालिमले सहभागीहरूको कौशल विकासमा नयाँ ऊर्जा भरेको छ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) सँगको सहकार्यमा सम्पन्न तालिमले युवालाई आत्मनिर्भर जीवनतर्फ डोर्याउने अपेक्षा गरिएको छ।

गहुँबाली भित्र्याएपछि गाईवस्तुका लागि जोहो गरेर राखिने छ्वाली बाट तयार गरिने आकर्षक कलाकृतिलाई ‘छ्वाली आर्ट’ भनिन्छ। देश–विदेशमा माग बढ्दै गएको यस हस्तकलाले कृषिमा खेर गइरहेका सामग्रीको सदुपयोगमार्फत रोजगारी सिर्जना गर्ने सम्भावना अत्यधिक छ।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्रका प्रमुख श्रीधर ज्ञवालीले बहिरा युवाले सिकेका सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा रूपान्तरण गर्न आग्रह गर्दै यस तालिमले आत्मनिर्भर जीवनदिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष सन्तोष केसीका अनुसार कृषिमा खेर जाने सामग्रीको सदुपयोगसहित बहिरा युवाको आयआर्जन बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। छ्वाली आर्टको विदेशमा पनि उच्च माग रहेको बताउँदै केसीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनमा सहायक हुने लक्ष्यसहित तालिम अघि बढाइएको जानकारी दिए।

महासङ्घले सातै प्रदेशमा यस प्रकारका तालिम सञ्चालन गर्ने योजना अघि सारेको तथा काठमाडौंमा ट्रेकिङ गाइड र बरिष्टा (कफी बनाउने) तालिम पनि चलिरहेको केसीले बताए।

यो तालिमले बहिरा युवामा आत्मविश्वास, अवसर र नयाँ सम्भावनाको ढोका खोलेको आयोजकहरूको भनाइ छ।

तालिममा प्रमुख प्रशिक्षक गगन तारा हस्तकलाका प्रमुख सिताराम गोसाईं र सहायक प्रशिक्षक विष्णुकेशरी देशमरुले तालिम प्रदान गर्नुभएको थियो । त्यसक्रममा दोभाषेद्वय प्रकाश महर्जन र विश्वास अधिकारीले सहजीकरण गर्नुभएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार