मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१५ जेठ २०८३, शुक्रबार

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका जनशक्तिको मनोबल अभिवृद्धि गर्न नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने तथा महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेका अनुसार स्वास्थ्यकर्मीको कार्यप्रेरणा बढाउन नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाइएको छ । त्यस्तै, समुदाय स्तरमा मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण तथा जनस्वास्थ्यसम्बन्धी सेवामा योगदान पुर्‍याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गरिएको छ ।

बजेटमार्फत सरकारले मधेस प्रदेशका प्रमुख स्वास्थ्य संस्थाको पूर्वाधार विकासलाई पनि निरन्तरता दिने घोषणा गरेको छ । यसअन्तर्गत नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल तथा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइनेछ ।

यस्तै, कर्णाली प्रदेशका दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा सुरु गरिने घोषणा गरिएको छ । सरकारले दुर्गम क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

यसअघि सरकारले स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि ‘एक नागरिक, एक डिजिटल प्रोफाइल’ प्रणाली कार्यान्वयन गरिसकेको जनाएको थियो । साथै सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा स्वास्थ्य संस्थाहरूमा सुलभ फार्मेसी सञ्चालन तथा राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिको कार्यसमेत अघि बढाइएको उल्लेख गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य पूर्वाधार विस्तार, सेवा प्रवाहमा प्रविधिको प्रयोग, जनशक्ति व्यवस्थापन तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार