मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मानव अधिकारकर्मी आलम खानले भ्रष्टाचारी जो कोहीलाई पनि सरकारले निर्मम कार्वाही गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्रणको कुरा चलिरहेकै बेला खजुरा गाउँपालिकाले सुचना लुकाउने उद्देश्यले पत्रकार असल भाट माथि सुचना आयोगमा दर्ता गराएको मुद्दा सुनियोजित भएको बताउदै तत्काल उक्त मुद्दा फिर्ता लिएर सुचनाको पहुँच अभिवृद्धि गर्न तर्फ केन्द्रित हुन आग्रह गरे
३१ वैशाख २०८०, आइतबार

बाँके । भ्रष्टाचार बिरुद्ध जागौं अभियान अन्तरगत भ्रष्टाचार बिरुद्ध खबरदारी सभा नेपालगन्जमा आयोजना गरिएको छ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजनामा नेपालगन्जको बिपि चोकमा उक्त खबरदारी सभा गरिएको हो ।

जिल्ला स्थित विभिन्न निकाय तथा संघसंस्थाहरुका प्रतिनिधि, युवा, बिद्यार्थीहरुको स्वस्फूर्त सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले नेपालमा फष्टाईरहेको भ्रष्टाचार र त्यसले देशलाई पारेको असरका बिषयमा बोलेका थिए ।

देशमा राजनितिक नेतृत्व भ्रष्टाचारमा लिप्त हुनु र सरकारले भ्रष्टाचारीलाई कार्वाही गर्न नसक्नुको परिणाम यस्तो समस्या सिर्जना भएको सहभागिहरुको भनाई थियो । खवरदारी सभामा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले भ्रष्टहरुको कुनै पनि जात नहुने र भ्रष्टाचार रोग भएकाले रोगलाई जति पाल्यो उती त्यसले गलाउदै लैजाने बताए ।

सरकारले भ्रष्टाचारीलाई कुनै पनि हालतमा संरक्षण गर्न नहुने उनको भनाई थियो । कार्यक्रममा बोल्दै गैसस महासंघका केन्द्रीय सदस्य तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले विश्व कै सुन्दर देश नेपाल भ्रष्टाचारीहरुका कारण विश्वमान चित्रमा बदनाम भएको बताए ।

राजनितिक नेतृत्व र सरकारको उदासिनताका कारण आम नागरिक भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिनु परेको जनाए । नक्कली भूटानी सरणार्थी काण्डमा संलग्नहरुलाई कार्वाही प्रक्रियामा ल्याउने राम्रो कार्य गरेको बताउदै सरकारले त्यसलाई टुंगोमा पुर्याउनु पर्नेमा जोड दिए ।

यसैगरी हरित अभियन्त हेमन्तराज काफ्लेले देश चलाउँछु भन्दै सदनमा जानेहरुको कालो कर्तुत नेपाली जनताले थाहा पाईसकेको भन्दै भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्नेमा उनको जोड थियो । यसैगरी उद्यमी तथा ब्यवसायि दिला शाहले देशलाई लुटेर ब्यक्तिगत लाभ हासिल गर्ने बिरुद्ध सबै लाग्नुपर्ने बताईन् ।

यसैगरी कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी आलम खानले भ्रष्टाचारी जो कोहीलाई पनि सरकारले निर्मम कार्वाही गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्रणको कुरा चलिरहेकै बेला खजुरा गाउँपालिकाले सुचना लुकाउने उद्देश्यले पत्रकार असल भाट माथि सुचना आयोगमा दर्ता गराएको मुद्दा सुनियोजित भएको बताउदै तत्काल उक्त मुद्दा फिर्ता लिएर सुचनाको पहुँच अभिवृद्धि गर्न तर्फ केन्द्रित हुन आग्रह गरे । खानले खजुरा गाउँपालिकाको कडा शब्दमा निन्दा गरेका थिए । बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको खवरदारी सभामा धन्यबाद सहित समापन गर्दै बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले बासले भ्रष्टाचार बिरुद्ध खवरदारी सभा देशका ७७ ओटै शाखा मार्फत गर्ने गरी तयारी गरिरहेको बताए । उनले खवरदारी सभामा स्वस्फूर्त सहभागिता जनाउनुहुने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार