मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |
मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |


डुडुवाका अध्यक्ष चौधरीले स्थानिय तहमा एक्लौटी शासन गर्न खोजे बिवाद सुरु भएको जनप्रतिनिधिहरुको भनाई

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
६ माघ २०८०, शनिबार

बाँके  । बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले आफ्नो मनोमानी तरिकाले पालिका चलाउन खोज्दा बारम्बार विवाद सृजना हुने गरेको छ । जहिले पनि आफु खुसी कार्यपालिका संचालन गर्न खोज्दा स्थानिय जनप्रतिनिधिहरु गाउँसभा बहिष्कार तथा स्थगित हुने गरेको हो । यही माघ ४ गते गाउँपालिकाले गाउँसभाको लागि आफ्नो निकटलाई निम्तो ग¥यो । गाउँसभामा जनप्रतिनिधि तथा कार्यपालिका सदस्य समेत रहेका आफ्नो निकट बाहेक अन्यलाई गाउँसभामा नबोलाएको स्थानिय जनप्रतिनिधिहरुले आरोप लगाए ।

‘हामीले राखेका मागहरु पूरा गर्न नसकिनेखालका छैनन, तर गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले कार्यपालिका चलाउँदा समस्या भएको छ ।’ वडालाई बार्षिक बजेटको सिलिङ दिनुपर्ने, वडा–वडामा योजना तर्जुमा गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्नुपर्ने, गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाको यान्त्रिक सम्पत्ति दुरुस्त राखी सार्वजनिक गर्नुपर्ने मागसहित बारम्बार माग्दा समेत अध्यक्षले दिन नसेको हुनाले गाउँसभा बहिष्कार गरेको वडा नं. ५ का वडाअध्यक्ष झंक बहादुर थापाले बताउनुभयो । पालिका अध्यक्षले जहिलेपनि जंगली सासन देखाउन खोजेको हुनाले यस प्रति हाम्रो असन्तुष्ट रहेको भन्दै गाउँसभा बहिष्कार गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

डुडुवा गाउँ पालिकाको अध्यक्ष चौधरीले मनोमानी एकलौटी रुपमा पालिकाको निर्णय गर्ने र निर्णयमा वडा अध्यक्ष समेतलाई जानकारी नगराई मनपरि तन्त्रले पालिका संचालन गराउन खोजेको भन्दै शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा डुडुवा गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष मोहनराम मिश्रले भन्नुभयो । स्थानिय तहमा एक्लौटी शासन चलाउन खोजेको र यसलाई रोक्न खोज्दा अनाहकमा बहुमतको दम्भ देखाएको भन्दै गाउँसभा स्थगित गर्ने गरेको वडा अध्यक्ष मिश्रले बताउनुभयो ।

नीतिगत रुपमा माग राख्दा समेत पालिका अध्यक्ष चौधरीले कुनै पनि प्रतिक्रिया नदिने डुडुवाका वडाअध्यक्ष तथा वडासदस्यहरुलाई पालिकामा हुने गतिबिधीको बारेमा जानकारी नगराउँने र छलफल गरौ भन्दा समेत अनेक थरी बहाना बनाई उपस्थिती समेत नगराएको भन्दै जनप्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । बारम्बार पालिकाको बैठकमा एकलौटी निर्णय पारित गराउन खोज्ने र आफुहरु मान्य नभएपछि आफु निकट जनप्रनिधिहरुलाई खुसी बनाई हस्ताक्षर गराउने गरेको जनप्रतिनिधिहरुको भनाई छ । गाउँसभाबाट हस्ताक्षर गराउने त्यसपछि अर्को गाउँसभा नआएसम्म हामीलाई नचिन्ने गरेको डुडुवा गाउँपालिकाका कार्यपालिका सदस्य अबरानी यादवले बताउनुभयो ।

पालिका भित्र रहेका नातावाद तथा सरकारी सम्पत्तिको दुरुपयोग रोक्नको लागि जनप्रतिनिधिहरु एक भएर जाने बताएका छन् । गाउँपालिकाको बारेमा जानकारी लिन खोज्दा कुनै पनि जानकारी नगराउने गरेको यादवले आरोप लगाउनुभयो । पालिकामा हामी पनि निर्वाचित भएर आएको हुनाले नितिगत रुपमा गाउँपालिका चल्नुपर्ने उहाँले धारणा राख्नुभयो । हरेक ६ महिनामा हुने गाउँसभा यसपटक पनि स्थगित भएको छ । यो भन्दा पहिलेको गाउँसभामा स्थानिय जनप्रनिधि र स्थानिय जनताले गेटमै नाराबाजी र कालो झण्डा गेटमा टाँसेका थिए । यता गाउँपालिकाले भने शुक्रवार पत्रकार सम्मेलन गरि गाउँसभा विथोल्न चलखेल भएको आरोप लगाउनुभएको छ । गाउँसभा किन र के का लागि स्थगित भएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो । जिम्मेवार बहन गर्न नसक्ने र बहिष्कार पक्षले गाउँसभामा कुरा राख्नु पर्ने हो तर जहिले पनि बाहिर बाहिर विरोध गरेको उहाँले भनाई राख्नुभयो

प्रतिक्रिया

Kesab Rawat ६ माघ २०८०, शनिबार

Yo kura sahi hoin yo mamniya meyr narndar chaduuri le aafno echa le kanun chalun mildain

Kesab Rawat ६ माघ २०८०, शनिबार

Yo kura sahi hoin yo mamniya meyr narndar chaduuri le aafno echa le kanun chalun mildain

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार