मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


योग समिति नेपालको वार्षिक साधारण सभा सम्पन्न, तिन जना पत्रकार सम्मानित

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
भट्टराईको अध्यक्षतामा योग समिति सर्व सम्मत चयन
५ फाल्गुन २०८०, शनिबार

बाँके । योग समिति नेपालको वार्षिक साधारण सभा एंव तेस्रो अबिधेशन नेपालगंजमा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । “आउनु होस् मानव जाति हामी सबै मिलेर योग गरौँ, स्वस्थ, सचेत, नेपालको निर्माण गरौँ” भन्ने मुख्य नारासहित साधारण सभा मनाइएको हो । 

लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्ण केसी ‘नमूना’ले योगको माध्यमबाट थुप्रै रोग निर्मुल हुने बताउदै उहाँले जिल्लालाई योगमय बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री केसीले जिल्लामा सुरक्षा निकायसँगको समन्वयमा प्रहरीहरुलाई सक्रिय बनाएर योगको माध्यमबाट सकरात्मक सोचको विकास गरि आत्महत्या न्यूनिकरण गर्ने उदेश्यले योगलाई मानव जिवनको दैनिकीसँग जोड्न आवश्यक रहेको जिकिर गर्नु भएको थियो । उहाँले योग समिति नेपाललाई योग हाल निर्माणका लागि प्रदेशबाट बजेट बिनियोजन गर्ने प्रतिद्धता व्यक्त गर्नु भएको थियो । 

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य आदेश अग्रवालले सकरात्मक सोचको विकासका लागि समाज सुधार र सम्मुन्नत समाज निमार्णका लागि पनि योग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले योग समितिले सुरु गरेको अभियानमा आफूले सक्ने जति सहयोग गर्ने बताउदै उहाँले योग गुरु डाक्टर गिरीराज भट्टराईलाई योगको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लुम्बिनी प्रदृेश सरकारबाट सम्मान गर्न लागिएको जानकारी गराउनु भएको थियो । 

साधारण सभामा मानवताका लागि योग भन्ने मूल मर्मलाई सफल पार्न पत्रकारीताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै यूथ टुडेका सम्पादक एंव नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खान, पत्रकार रुद्र सुबेदी र शुक्रऋषि चौलागाईलाई कदर पत्रबाट योग समितिका अध्यक्ष गिरिराज भट्टराई र प्रमुख अतिथि मन्त्री केसीले सम्मान गर्नु भएको थियो ।  आयुवेर्द बिभाग टेकु काठमाडौका अनुगमन अनुसन्धान प्रमुख डा प्रकास ज्ञवाली, नेपालगञ्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष मनोज श्रेष्ठ, योग समितिका सल्लाहकार नन्दलाल वैश्य र अधिवक्ता विश्व जित तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

योग समिति नेपालका अध्यक्ष भट्टराईले नेपालको ४ जिल्ला र बाँके, बर्दियाको सबै पालिकामा समिति निमार्ण गरी योग प्रशिक्षणहरु संचालनमा रहेको बताउर्दै उहाँले ७७ वटै जिल्लामा र देशको सबै पालिकामा योग समिति खोल्ने गरी लागेकोले सहयोग गर्न सबै संग अपिल गर्नु भएको थियो । अध्यक्ष भट्टराईले “गरौं योग रहौं निरोग” भन्ने मुख्य नारा लाई गाउँ–गाउँमा योग समितिका माध्यमबाट योग पु¥याउने उदेश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ४ जनाबाट सुरु भएको योग अभ्यासलाई यहाँ सम्म पु¥याई ल्याउदै गर्दा १ लाख भन्दा बढी योग अभ्यासीहरु जोडि सक्नु भएको दाबी गर्दै साधारण सभामा दुई सय भन्दा बढीले आजीवन सदस्यता लिएको जानकारी गराउनु भएको थियो । पश्चिम सभ्यताको विकास संगै स्वास्थयका लागि योग भन्ने मान्यता मानवजातीहरु भुल्दै गएको कारणले आत्महत्या जस्ता घटनाहरु बढ्दै गई रहेको जिकिर गर्दै उहाँले योग अभ्यासलाई सरकारले प्रमुख प्राथमिताका साथ अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । अध्यक्ष भट्टराईले मन्त्री केसी संग १० हजार जनालाई योग गर्ने हालको निर्माणका लागि बजेटको व्यवस्था गरी दिन माग गर्नु भएको थियो । 

साधारण सभामा योगको क्षेत्रमा योगदान पु¥याएका दर्जनौ योग प्रशिक्षहरुलाई सम्मान गरिएको थियो भने दुई सय जना भन्दा बढीलाई आजीवन सदस्य प्रदान गरिएको सुमित्रा सुबेदीले जानकारी दिनु भयो ।

साधारण सभामा योग समितिका सचिव निर्मला शाहले प्रगति प्रतिबेदन र कोषाध्यक्ष अम्बीका कोईरालाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन झवि शर्मा र निरन्जना मल्लले गर्नु भएको थियो । कार्यक्रममा सामाजसेवी, वुद्धिजिवी, धार्मीक अगुवा, समितिका सदस्य लगायतको सहभागिता रहेको थियो । 

यसैगरी योग समिति नेपाल केन्द्रीय समितिको तेस्रो साधारण सभा एवं अधिवेशनले  सर्व सहमत नयाँ कार्य समिति चयन गरेको छ । नेपालगञ्जमा शनिबार भएको अधिवेशनले  योग गुरु गिरिराज भट्टराइलाई पुन ः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको  हो । उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा )लाई चयन गरेको छ भने सचिवमा चिरञ्जीवी ज्ञवाली, सहसचिवमा टन्क पौडेल रहनु भएको छ । यस्तै कोषाध्यक्षमा अम्बिका कोइराला र सह कोषाध्यक्षमा मन्दिरा शर्मालाई निर्वाचित गरेको छ । सदस्यहरूमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रवाल, सुनिता पन्थी र वसन्त गौतम रहनु भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार