मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा हटाइयो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२३ अशोज २०८०, मङ्गलबार

नेपालगञ्ज । स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ।

असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो। त्यसपछि रातिमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो।

नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले कर्फ्यु र निषेधाज्ञाको विषयमा केहीबेरमा नयाँ सूचना आउने जानकारी दिए।

‘एकछिनमा सूचना आउँछ। कर्फ्यु र निषेधाज्ञा हटाउने कुरा छ’, सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘आधिकारिकका लागि सूचना पर्खिनुस्।’

सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो।

हिन्दु समुदायको महान पर्व दशैं नजिकिएसँगै बजारमा पहलपहल बढेको र नेपालगञ्ज पुरानै लयमा फर्किएकाले स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाउन लागिएकाे हाे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार