मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

निर्वाचनमा चार दिन सार्वजनिक बिदा हुने

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ भने एक दिन शनिबार पर्दछ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ ।
२८ कार्तिक २०७९, सोमबार

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा चार दिन बिदा हुने भएको छ । निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ भने एक दिन शनिबार पर्दछ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर शनिबार पर्छ ।

गत बिहीबार नै आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ । बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदै छ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ ।

अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो । ‘तीन दिन बिदा दिँदा मतदाता आफ्नो मतदानस्थलसम्म पुग्न र फर्कन सहज हुन्छ,’ आयोगका एक उच्च अधिकारीले भने, ‘धेरै मतदान हुने आकलनका आधारमा पनि हामीले यस्तो सिफारिस गरेका हौँ ।’

निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘निर्वाचनमा कति दिन बिदा दिनेबारे अहिलेसम्म निर्णय भइसकेको छैन,’ उनले भने, ‘निर्वाचन आयोगको सिफारिसअनुसार यसबारे सरकारबाट निर्णय भएपछि सार्वजनिक गर्नेछौँ ।’ त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार