मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

काग्रेसले टुगों लगायो समन्वय समिति बाँकेको प्रमुख र उपप्रमुख नाम, मनोनयन दर्ता हुदै

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
प्रमुख र उपप्रमुख बाहेक अन्य ९ जना सदस्यमा ६ जना कांग्रेस र जनता समाजवादी, नेकपा माओवादी केन्द्र तथा एकिकृत नेकपा समाजवादीले १/१ वटा सदस्य पाएका छन् ।
२५ जेठ २०७९, बुधवार

बाँके । जिल्ला समन्वय समिति बाँकेको निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । उनीहरु पाँच दलिय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । समन्वय समिति निर्वाचनका लागि बुधबार(आज) मनोनयन दर्ता गरिदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ । समन्वय समितिका लागि कांग्रेसका तर्फबाट प्रमुख पदमा ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुख पदमा सिता कार्कीको नाम टुंगो लागेको हो ।

‘जिल्ला समन्वय समितिको प्रमुखमा ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुखमा सिता कार्कीलाई उम्मेदवार बनाउने पार्टीले टुंगो लगाएको छ,’ कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले भने । उनका अनुसार पाँच दलिय गठबन्धनबाट समन्वय समितिको प्रमुख र उपप्रमुख पद कांग्रेसले लिएको हो । जिल्ला सचिव सुधान्सु कोइरालाले पनि प्रमुखमा चौधरी र उपप्रमुखमा कार्कीको नाम लगभग टुंगो लागिसकेको बताए । 'लगभग उहाँहरुको नाम टुंगो लागिसकेको छ,' कोइरालाले भने । 

प्रमुख र उपप्रमुख बाहेक अन्य ९ जना सदस्यमा ६ जना कांग्रेस र जनता समाजवादी, नेकपा माओवादी केन्द्र तथा एकिकृत नेकपा समाजवादीले १/१ वटा सदस्य पाएका छन् । कांग्रेसले टुंगो लगाएका प्रमुख, उपप्रमुख तथा सदस्यका उम्मेदवारहरु अहिले केहीबेरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न जादैछन् । शिक्षा विकास तथा समन्वय इकाइमा उम्मेदवारी दर्ता गरिनेछ । 

समन्वय समितिका लागि यसपटक नेपाली कांग्रेसको एकल बहुमत रहेको छ । बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन । यि मध्ये कांग्रेसले कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ ।

यस्तै नेपालगन्जमा कांग्रेसले प्रमुख र जनता समाजवादी पार्टी (जसपा) ले उपप्रमुख जितेको छ । खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा कांग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही जेठ २७ गते बिहान ११ देखि १ बजेसम्म मतदान तोकेको छ । उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता रहेका छन । यि मध्ये १२ जना मतदाता नेपाली कांग्रेसका छन ।

जिसस निर्वाचनमा स्थानीय तहको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु उम्मेदवार हुन पाउने ब्यवस्था छ । तर, मतदानमा भने स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार