मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

बाँके  । बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने भएका छन् । सबै स्थानीय तहहरूबिच विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रूपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रवर्द्धन गर्ने समझदारी भएको छ । 

आज कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पालिकाहरुले विपद व्यवस्थापनमा भए गरेका गतिविधिको जानकारी गराउँदै आपतकालीन अवस्थामा साझेदारीमा काम गर्न जोड गरेका थिए ।

सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वय तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, खजुरा गाउँपालिका अध्यक्ष डम्मर विक लगायतले पूर्व सूचना प्रणाली, दमकल सेवा, छाडा चौपाया व्यवस्थापन, राहत व्यवस्थापन लगायतका कार्यहरूमा साझेदारीमा काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले समग्र जिल्लामा अन्तरपालिका समन्वयले प्रतिकार्य प्रभावकारी हुने बताउनुभयो । 

बैठकले मनसुनको बेला समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने, राप्तीसोनारी गाउँपालिकामा छाडा चौपाया व्यवस्थापनका लागि अन्य पालिकासँग साझेदारीका लागि समझदारी तयार गरी अर्को बैठकबाट निर्णय गर्ने लगायतका निर्णय गरेको सुपर कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

बैठकले आगामी अन्तरपालिका बैठक खजुरा गाउँपालिकाको आयोजनामा हुने समेत निर्णय गरेको छ । कार्यक्रममा बाँकेका पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विपद फोकल पर्सन, जिल्लास्थित सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार