मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

गरिब परिवार पहिचानका लागि जानकी गाउँपालिकामा वडा स्तरीय गुनासो सुनुवाई समिति गठन

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको जानकी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि वडा स्तरीय गुनासो सुनुवाई सहजिकरण समिति गठन कार्य सुरु गरिएको छ ।
१५ चैत्र २०७८, मङ्गलबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि वडा स्तरीय गुनासो सुनुवाई सहजिकरण समिति गठन कार्य सुरु गरिएको छ । 

गरिबीको रेखामुनि परेका परिवारहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई परिचय पत्र वितरण गर्ने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासु रानाले जानकारी दिनु भयो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिबी निवारण गर्नका लागि सामाजिक सुरक्षा तथा राज्य र गैर राज्यबाट प्रदान गरिने सेवामा गरिब परिवारको पहुँच वृद्धि गर्न यो अभियान थालिएको हो प्रमुख प्रशासकीय अधिकृत रानाले जिकिर गर्नु भयो ।

गरिब परिवार पहिचान गरी उनीहरूलाई राज्यको तर्फबाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले वडा समिति गठन गर्न सुरु गरिएको बताउदै उहाँले सही र सत्यमा आधारित भएर काम गर्न वडा समितिलाई निर्देशन दिनु भयो ।

जानकी गाउँपालिकाको वडा नं २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको अध्यक्षतामा समिति गठन गरिएको छ । 

वडा स्तरीय समिति गठन कार्यक्रममा जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत राना, सुचना अधिकारी बिकास जिसि, प्रशासन प्रमुख गोपी चन्द्र चौलागाई, वडा सचिव कबिता रेग्मी लगायतको उपस्थितिमा समिति गठन गरिएको कार्यक्रमको संचालन राजेन्द्र प्रसाद बाजपाइले गर्नु भएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार