मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बाँके–३ मा दिपक जि.एम.को सशक्त दाबेदारी

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

बाँके । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक जि.एम. प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा बाँके निर्वाचन क्षेत्र नं. ३ बाट चुनावी मैदानमा होमिनुभएको छ। लामो राजनीतिक अनुभव, संगठन निर्माणमा योगदान र जनतासँगको आत्मीय सम्बन्धका कारण उहाँको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका दिपक जि.एम. निरन्तर संघर्ष, निष्ठा र संगठनात्मक क्षमताका बलमा पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्न सफल हुनुभएको हो। स्वच्छ छवि, ईमानदारी र स्पष्ट विचारधारा उहाँका प्रमुख पहिचान हुन्, जसले स्थानीय तहदेखि केन्द्रसम्म विश्वासिलो नेताका रूपमा स्थापित गराएको छ।

स्थानीय समाजको सामाजिक, आर्थिक र शैक्षिक यथार्थलाई नजिकबाट बुझेका दिपक जि.एम. जनताका समस्या सुन्ने, बुझ्ने र समाधानका लागि अग्रसर हुने नेताका रूपमा परिचित हुनुहुन्छ। बोलाउँदा उपस्थित हुने र आवश्यक पर्दा जनताको पक्षमा निर्भीक रूपमा उभिने व्यवहारले उहाँलाई आम नागरिकमाझ लोकप्रिय बनाउँदै लगेको छ।

उम्मेदवार जि.एम.ले बाँके–३ को दिगो विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको बताउनुभएको छ। स्थानीय आवश्यकतालाई केन्द्रसँग जोड्दै विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

जनतासँगको नजिकको सम्बन्ध, लामो राजनीतिक अनुभव र केन्द्रसम्मको प्रभावकारी पहुँचका कारण दिपक जि.एम. बाँके–३ का मतदातामाझ आगामी निर्वाचनका लागि एक भरोसायोग्य र सशक्त विकल्पका रूपमा अगाडि बढ्दै जानुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार