मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

प्रहरीले हिरासतमै यातना दिएको भन्दै आइटिसीको गम्भीर ध्यानाकर्षण

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
परिषद्ले शनिबार विज्ञप्ति जारी गरी काठमाडौं प्रहरी परिसर टेकुमा भएको उक्त घटना अन्तर्राष्ट्रिय मानवअधिकारको न्यूनतम मूल्य मान्यता र नेपालको संविधान तथा प्रचलित कानुनविपरीत भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।
२० श्रावण २०८०, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)ले तामाङ, मगरलगायत समुदायको शान्तिपूर्ण धर्नामा भएको प्रहरी दमनप्रति आपत्ति जनाएको छ ।

परिषद्ले शनिबार विज्ञप्ति जारी गरी काठमाडौं प्रहरी परिसर टेकुमा भएको उक्त घटना अन्तर्राष्ट्रिय मानवअधिकारको न्यूनतम मूल्य मान्यता र नेपालको संविधान तथा प्रचलित कानुनविपरीत भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘टेकुमा आयोजित शान्तिपूर्ण धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जनभन्दा धेरै निहत्था आन्दोलनकारीलाई नियन्त्रणमा लिएर परिसरभित्र लगी मरणासन्न हुनेगरी कुटपिट गरी गम्भीर घाइते बनाइयो । यतिमात्र नभई महिला आन्दोलनकारीलाई पुरूष प्रहरीहरूले जथाभावी चरम शारीरिक र मानसिक यातना दिइयो,’ परिषद्का महासचिव टासी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अत्यन्तै दुःखद र निन्दनीय घटना नागरिक अधिकार, मानवअधिकार तथा कानुनी शासनविरूद्ध समेत भएकाले प्रहरी दमनप्रति अन्तर्राष्ट्रिय तामाङ परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ ।’

तामाङ, मगरलगायत समुदायको संस्कृतिबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे (शीतल)लाई कारबाहीको माग गर्दै गत बुधबार काठमाडौं प्रहरी परिसर टेकुमा आयोजित धर्नामा प्रहरी हस्तक्षेप भएको थियो ।

प्रहरीले धर्नामा सहभागी करिब ५० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई परिसरभित्र लगेर कुटपिट र चरम यातना दिई सख्त घाइते बनाएको भन्दै परिषद्ले उक्त घटनामा मानवअधिकार तथा कानुन उल्लंघन भएको जनाएको हो ।

‘कानुन उल्लंघनकर्ता पाण्डेलाई कानुनी कठघरामा ल्याउनुपर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी र नेपाल सरकारले उल्टै न्याय माग्न गएका पीडितहरूमाथि दमन गरेको छ । भगवती पाण्डे र टेकुमा चरम दमन गर्ने दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकारसमक्ष परिषद् जोडदार माग गर्दछ,’ परिषद्ले भनेको छ ।

दोषीलाई कारबाहीका लागि सरकारले बेवास्ता गरे यस घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनीसमेत परिषद्ले दिएको छ । ‘यदि सरकारले यस विषयलाई बेवास्ता गरेमा संयुक्त राष्ट्र संघ, आदिवासी अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरू र सरोकारवालाहरू समक्ष यस घटना संप्रेषण गर्ने र आवश्यक कारबाहीको निम्ति अनुरोधसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न परिषद् बाध्य हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ । यस घटनालाई लिएर परिषद्का सदस्य संस्थाहरुले सम्बन्धित देशस्थित कूटनीतिक नियोगहरुमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको महासचिव लामाले जानकारी दिए ।

एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा दाजुबहिनीबीच विवाह हुने भएकाले आनुवांशिकरूपमै ती जातिका मानिसहरु अपराधी हुन्छन् भनी दिएको अभिव्यक्तिलाई लिएर विरोध चर्किएको हो । उक्त अभिव्यक्तिले जातीय घृणा र विद्वेष फैलाउनुका साथै नेपालसहित विश्वभरिका तामाङ समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको परिषद्ले जनाएको छ ।

परिषद्को सदस्य संस्था नेपाल तामाङ घेदुङले विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो । पाण्डेलाई बुधबार बिहान पक्राउ गरिए पनि साँझ छाडिएको थियो । जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान गर्न अनुमति नदिएपछि छाडिएको प्रहरीको भनाइ छ । तर, आन्दोलनरत पक्षले भने पाण्डेलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाउँदै आएको छ । 

यसैबीच नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले आगामी सोमबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार