बाँके । ‘मोहम्मद डे’को अवसरमा नरैनापुर गाउँपालिकाले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहुवलैहेबुल्मको जन्मजन्यती अर्थात् ‘मोहम्मद डे’को अवसरमा नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले मोहम्मद डेको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको बताउनुभयो ।
इस्लाम धर्मको अन्तिम पैगम्बरको रूपमा हजरत मोहम्मदको जन्म इस्लामिक तिथिअनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक साउदीको मक्कामा भएको थियो ।
सोही दिनकै स्मरणमा मुस्लिम समुदायले उक्त दिन उत्सवको रूपमा मनाउँदै आएका छन् । मोहम्मद डेमा मुस्लिम समुदायले मिलाद, फातिहा लगायतका कार्यक्रम गर्ने गरेका छन् । नरैनापुर गाउँपालिका हरेक बर्ष बिदा दिदै आएको छ ।