मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा तथा मिडिया सम्मेलन जेठ १३ गते गर्ने निर्णय

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२० वैशाख २०८०, बुधवार

काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण सभा गर्ने निर्णय गरेको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।

महासचिव पौडेलका अनुसार केन्द्रीय साधारणसभा संगठनको स्थापना दिवस अर्थात माघ १५ गते गर्ने भनिएकोमा केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलका गत माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएपछि स्थगित गरिएको थियो ।

बुधबार केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको अध्यक्षता र संगठनका संस्थापक सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यको प्रमूख उपस्थितिमा भएको बैठकले केन्द्रीय साधारणसभासहित राष्ट्रिय मिडिया भेलासमेत गर्ने निर्णय गरेको छ ।

जेठ १२ देखि १४ सम्म हुने सो कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्यक्रममा देशभरबाट ६ सय बढि सहभागि हुने बताइएको छ । प्रेस सेन्टरको ७ भौगोलिक प्रदेश सहित उपत्यका, प्रतिष्ठान, एशोसियट र प्रवास गरी ११ प्रदेश र जिल्ला तथा स्थानिय तहसम्म संगठित समितिहरु क्रियाशील रहेका छन् । बैठकले केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार