मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्छु - मन्त्री अनिता

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२९ श्रावण २०८०, सोमबार

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने बताएका छन् ।

सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

मन्त्री अनितादेवीले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहनेसमेत प्रतिबद्धता व्यक्त गरे । आमनागरिकलाई सहज र सुलभ सेवा कसरी दिनेभन्ने बारेमा आफू सचेत रहेको उनको भनाइ छ ।

त्यस्तै निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नवनियुक्त मन्त्री साहलाई स्वागत गर्दै आफूले गर्न नसकेको काम पूरा गर्न सुझाव दिए

उनले भने, ‘सङ्घीय निजामती सेवा ऐनदेखि संविधानले दिएको स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी विधेयक अगाडि बढाउन सकिन नवनियुक्त मन्त्रीले यसलाई पूरा गर्ने विश्वास लिएको छु ।’

निवर्तमान मन्त्री मोदीले आफूलाई प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा राम्रो काम गरेकामा धन्यवाद दिएको बताउँदै सुखद बिदाइ हुन पाएकामा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार