मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जानकी अध्यक्ष कप क्रिकेटको उपाधि रमवापुरलाई

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मानपुर राइजिङ क्लबलाई पाँच विकेटले हराउँदै रमवापुर स्पोर्ट्स क्लब च्याम्पियन
१ जेठ २०८३, शुक्रबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा आयोजित तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रमवापुर स्पोर्ट्स क्लबले जितेको छ । शुक्रबार जानकी गाउँपालिका–३ स्थित कन्या माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा रमवापुरले मानपुर राइजिङ क्लबलाई पाँच विकेटले पराजित गर्दै ट्रफी उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रमवापुर स्पोर्ट्स क्लबले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ९९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको मानपुर राइजिङ क्लब लक्ष्य भेट्टाउन असफल भएपछि रमवापुरले ऐतिहासिक जित हात पार्यो ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरिरहेको सफलताले युवामा नयाँ ऊर्जा थपेको बताउनुभयो । उहाँले प्रतियोगिताको उपाधि जित्दै पालिकाको प्रतिष्ठा उचो बनाएको भन्दै रमवापुर स्पोर्ट्स क्लबका खेलाडीहरूको मेहनत, समर्पण र खेलप्रतिको लगावको खुलेर प्रशंसा गर्नुभयो ।

अध्यक्ष खाँले यस्ता प्रतियोगिताले युवालाई खेल क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै आगामी दिनमा पनि गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर थप प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले खेलकुदमार्फत राष्ट्रको पहिचान विश्वसामु स्थापित गर्न सकिने बताउँदै क्रिकेटसँगै अन्य खेलकुद प्रतियोगितालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

खेलकुद शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णाकुमारी भण्डारीले खेलाडीको शारीरिक तथा मानसिक विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै क्रिकेट क्षेत्रमा अझ बढी लगानी आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित सिल्ड प्रदान गरेर सम्मान गरिएको थियो । प्रथम हुने समुहलाई ५० हजार र दोस्रो हुने समुहलाई २५ हजार नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष राजकुमार बर्मा, सूचना प्रविधि अधिकृत विकास जिसी, प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर कार्की, कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालतीकुमारी शाही, सहायक शिक्षा अधिकृत झुमी ओली तथा अध्यक्षका निजी सल्लाहकार सोहराब इद्रीसीलगायतले विजेता खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका १६ वटा क्रिकेट टोलीको सहभागिता रहेको थियो भने प्रतियोगिता तिन दिन सम्म चलेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार