मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

सबै पक्ष संग सहकार्य गरेर अपराध नियन्त्रण गरिने छ - प्रहरी निरीक्षक सुनार

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
प्रहरी निरीक्षक सुनारले नेपालगञ्जलाई ब्यवस्थित र शान्ति सुरक्षामा ढुक्क रहनेगरि काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
१ चैत्र २०७९, बुधवार

बाँके । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले सबै पक्षको साथ र सहयोगमा प्रहरीले अपराध नियन्त्रण गर्ने बताउनु भएको छ ।

वडा प्रहरी कार्यालयको इन्चार्जको रुपमा केही दिनअघि सरुवा भई आउनुभएका प्रहरी निरीक्षक सुनारले नेपालगञ्जलाई ब्यवस्थित र शान्ति सुरक्षामा ढुक्क रहनेगरि काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

बुधबार आयोजित पत्रकार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी निरीक्षक सुनारले नेपालगञ्जका प्रमुख सुरक्षा सवाल लगायतका विषयमा छलफल गर्नुभएको थियो । उहाँले आफु यसअघि लामो समयदेखि नेपालगञ्जमा बसेका कारण नेपालगञ्जको अवस्थाबारे पूर्ण जानकार रहेको भन्दै सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।ट्राफिक महाशाखा काठमाडौंबाट सरुवा भएका कारण प्रहरी निरीक्षक सुनारको नेपालगञ्जको अस्तब्यस्त ट्राफिक ब्यवस्थापनका लागि ट्राफिक प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रहरीसँग समन्वय गरेर अघि बढ्न पत्रकारहरुले सुझाव दिएका थिए साथै सो अवसरमा प्रहरी निरिक्षक सुनारलाई लागु औषध तथा खुला सीमाका कारण हुने चोरी, तस्करी नियन्त्रण, ट्राफिक ब्यवस्थापन लगायतका विषयमा विशेष ध्यान दिन सुझाव दिइएको थियो ।

उहाँले प्रहरी एक्लैको प्रयासमा मात्रै समाजमा शान्ति स्थापना हुन नसक्ने भएकाले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । पश्चिम रुकुमको चौरजहारी जन्मथलो भएका प्रहरी निरीक्षक सुनारले उच्च शिक्षा नेपालगञ्जबाटै प्राप्त गर्नुका साथै कानुनका विधार्थी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार