मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

खजुरा गाउँपालिकाको १२ औं अधिवेशन : नगर प्रहरी विधेयक २०७९ पारित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
खजुराले गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने
२४ पौष २०७९, आइतबार

बाँके । बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँसभाको १२ औं अधिवेशन गरेको छ । आइतबार गाउँपालिकाले सभाको आयोजना गरि अधिवेशन गरेको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको सभाध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गरेकी थिइन ।

गाउँपालिकाको अहिलेसम्मको राजश्व असुल ७७ लाख ७६ हजार ७ सय ५५ रहेकोमा पालिका तर्फको राजश्व असुलि २१ लख १९ हजार ७ सय ६४ रहेको उपाध्यक्ष मल्लले प्रस्तुत गरिन । वडागत रुपमा ५६ लाख ५६ हजार ९ सय ९१ राजश्व असुल देखिएको छ ।

खजुराले गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९, स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद ४ को दफा १०(१)ख सहायक÷अधिकृत÷ ५÷६ तह (स्वा.प.न.÷ज.नं) १ जनाको भन्नेमा सहायक हटाई अधिकृत मात्र उल्लेख गर्ने र ५÷६ को ठाउँमा ६ कायम गर्ने प्रस्ताव पारित भएको छ । उपदफा २ मा गाउँपालिका स्वास्थ्य शाखा हेर्ने गाउँपालिका अन्तर्गत कार्यरत हेल्थ इन्स्पेक्सन समुह मध्येबाट भन्ने शव्दको सट्टामा स्वास्थ्यकर्मि मध्यबाट कार्य जेष्ठताको आधारमा कार्यपालिकाले तोकेको १ जना स्वास्थ्य शाखा प्रमुख रहने गरि प्रस्तुत विधेयक समेत सभाले पास गरेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।

सभामा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेषले प्रस्तुत गरिएको रकमान्तर तथा संशोधन हुने शिर्षकहरु २८ वटालाई सभाले अर्को २९ गते बस्ने सभामा परिमार्जन सहित पास गर्ने भएको हो । जसमध्य ७ वटा मात्रै कृषि तथा पशुसेवा सम्बन्धि कार्यक्रमहरु परिमार्जन गरिएको छ । कृषिमा राम्रो कार्यक्रम ल्याएको भनि चर्चामा आएको खजुराले किसानका लागि कृषि एम्बुलेन्स खरिद गर्न छुट्टाइएको बजेटलाई संसोधन गरि ट्रेक्टर खरिद गर्न लागेको हो ।

अपाङ्गता भएकाहरुलाई वितरण गर्ने भनिएको कार्यक्रमलाई समेत पालिकाले परिमार्जन गर्न संसोधनमा राखेको छ । भैपरि तथा विपत व्यवस्थापनका शिर्षकलाई पनि संसोधन गर्न लागिएको आर्थिक विकास संयोजक शेषले जनाए । संसोधन गरेर अधिकाश कार्यक्रम ग्रावेल तथा माटो पटानका लागि कार्यक्रम गर्न लागेको एक जनप्रतिनिधिले बताए । खजुराको अर्को सभा आउँदो २९ गते बस्ने गरि सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष विकले समापन गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार