बाँके । मुस्लिमहरु सहित हिन्दु धर्मवलम्बीहरुले मनाउदै आएको आस्थाको पर्व मोहर्रमको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नं. २ (ख) का अध्यक्ष एंव सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार मोहम्मद सफिक बेहनाले मंगलबार पानी र मिटाई बितरण गर्ने तयारी गरेको बताउनु भयो ।
पर्वको अन्तीम दिन कर्बलामा ताजिया बिसर्जन गर्न जाने धर्मावलम्बीहरुलाई राप्रपा क्षेत्र नं. २ (ख) ले नेपालगंजको कर्बला लगायत विभिन्न चोकमा पानी र मिठाई वितरण गर्ने तयारी पुरा भएको बेहनाले बताउनु भयो । राप्रपा युवा संगठनका जुझारु नेता रबि बर्मा, चाँदबाबु हल्वाई लगायत यूवाहरुको सहकार्यमा ताजिया विर्जसन कार्यक्रममा आएका सयौंको प्यास मेटाउन पानी र मिठाई वितरण गर्ने तयारी गरेको बेहनाको भनाई छ ।
पहिलो पटक भएको स्थानीय निकायको निर्वाचनमा अत्याधिक मतले विजय भएका नेपालगंज ४ का पूर्व वडा अध्यक्ष समेत रहेका राप्रपा नेता बेहनाले जनताको हरेक संकट समाधान गर्ने,सामाजिक विकासमा लाग्ने र वडाको उन्नती र प्रगतिमा साथ दिदै आएका छन् । युवा नेता बेहनाको यो कार्य प्रति स्थानीय सन्तुष्ट छन । स्थानीयहरु भन्छन् बेहनालाई प्रदेश सभा सदस्यको निर्वाचनमा विजय गराउन भूमिका निर्वाह गर्छौ ।