मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँके युनेस्को क्लबमा प्रवेज अलिको नेतृत्वमा नयाँ कार्यसमित निर्वाचित

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

बाँके । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । 

सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनु भएको छ । 

यसअघि क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, बर्दिया गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम र मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले क्लबले बाँके र बर्दियाका पालिकाहरुमा शिक्षा, स्वास्थ्य तथा मानवबेचविखन बिरुद्ध र विपद व्यवस्थापनमा उल्लेख्य कार्य गरेको बताउनुभयो । 

सो अवसरमा बोल्दै गैर सरकारी संस्था महासंघका कन्द्रिय सचिव नमस्कार शाहले बाँके युनेस्को क्लब बाँके बर्दियाको मात्र नभई पश्चिम नेपालकै एक अनमोल गहना भएको जनाउँदै क्लबले गरेका कामहरु अतिनै सराहनीय रहेको बताउनुभयो । 

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बासका अध्यक्ष शिव कुमार वर्मा, बासगढी युवा क्लब सञ्जालका अध्यक्ष एक नारायण अधिकारी, क्लबका उपाध्यक्ष पन्चम गुरुंग लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

सो अवसरमा क्लबका सहायक कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो भने वर्षको उत्कृष्ठ कर्मचारीको रुपमा ईश्वर विक, गोविन्द लामिछाने र अनु चौधरीलाई घोषित गरेर उनिहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । 

संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुलाई पनि सो अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो । 

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सिद्दिकीले सबैलाई समेटेर संस्थाको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबैको सहयोग प्राप्त हुने आशा र विश्वास प्रकट गर्नुभयो । 

कार्यक्रममा युनेस्को आयोगका सदस्य तबस्सुम अन्सारी, लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक गवर्नर सेम शाक्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक लगायत क्लबका सदस्य तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार