मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नीलसागर सेवा आश्रममा सांसद सुष्मा स्वर्णकारको निरीक्षण : अपूर्ण भवन पूरा गर्न बजेट पहल गर्ने प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ वैशाख २०८३, शनिबार

बाँके । प्रतिनिधि सभा सदस्य सुष्मा स्वर्णकारले नेपालगञ्ज–६ फुल्टेक्रास्थित निर्माणाधीन नीलसागर सेवा आश्रम भवनको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले आश्रमसँग आफू पहिलेदेखि नै नजिक रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा अपूर्ण भवन सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद स्वर्णकारले असहाय, बेवारिसे, दीनदुःखी तथा सडकआश्रित नागरिकलाई आश्रय प्रदान गर्दै आएको आश्रमको कामलाई अत्यन्तै सराहनीय भएको बताउनुभयो। मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै उहाँले यस्ता संस्थाहरूलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा आश्रमकी संयोजक डा. सरिता खनालले भाडाको संरचनामा आश्रम सञ्चालन गर्नुपर्दा अनेक समस्या झेल्नुपरेको गुनासो गर्नुभयो। उहाँका अनुसार हाल आश्रममा करिब २ सय ५० जना आश्रित रहेका छन् भने आवश्यक संरचना अझै निर्माण हुन बाँकी छन्। बढ्दो महँगीका कारण आश्रम सञ्चालनमा कठिनाइ भइरहेको उल्लेख गर्दै उहाँले सरकारको तर्फबाट सहयोगका लागि पहल गरिदिन सांसद स्वर्णकारसमक्ष आग्रह गर्नुभयो।

संयोजक खनालले नीलसागर सेवा आश्रमको १० वर्षे यात्रालाई संघर्ष, पीडा र आशाले भरिएको भन्दै राज्यसँग पटक–पटक संवाद र पहल गर्दा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। “हामीले धेरै योजना र प्रस्ताव राख्यौं, तर पर्याप्त सुनुवाइ भएन। पहुँच हुनेहरूले करोडौं बजेट पाए, हामी पछाडि पर्यौं,” उहाँले भन्नुभयो, “जनताको साथ नभएको भए सायद आश्रम सञ्चालन नै सम्भव हुने थिएन ।”

सांसद स्वर्णकारसँगको भेटपछि भने आफूमा नयाँ आशा पलाएको खनालले जिकिर गर्नुभयो। अब राज्यले नीलसागरजस्ता संस्थालाई ओझेलमा पार्न नहुने र सबै संस्थालाई समान व्यवहार हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

निरीक्षणका क्रममा सांसद स्वर्णकारले आश्रममा आश्रितहरूलाई दिवा खाजा खुवाउँदै आश्रितहरुको अवस्था बुझ्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बन्नु भएको सांसद स्वर्णकारको व्यस्त कार्यतालिका हुँदाहुँदै पनि आश्रममा पुगेर प्रत्यक्ष अवलोकन गर्नु सकारात्मक सन्देश भएको स्थानीयको भनाइ छ । स्वर्णकार संगै पार्टीका कार्यकर्ताहरु पनि आश्रम पुगेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार