मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

स्थानीय तहका कर्मचारीहरु आज देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

काठमाडौं । नौ दिनदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रँदा पनि सरकारले चासो नदिएको भन्दै स्थानीय तहका हजारौं कर्मचारी आज र भोलि राजधानीमा जम्मा हुने भएका छन् ।

‘हामी शान्तिपूर्ण कार्यक्रम उत्रिएको नवौं दिन भयो । माइतीघरमा धर्ना दियौं । वानेश्वरमा कोणसभा पनि गर् यौं । तर सरकारले चासो दिएन । हिजो सबै सहभागी सिटी फुकेर ध्यानाकर्षण पनि गरायौं । शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभएकाले आज र भोलि अलि मास उतारेर खबरदारी गर्दै छौं । आज ५–६ हजार कर्मचारी सडकमा उतार्दैछौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका अध्यक्ष रामप्रसाद न्यौपानेले भने ।

आफूहरुले शिक्षक आन्दोलनको झझल्को दिने गरी आन्दोलनमा आउने चेतावनी पनि उनले दिए । न्यौपानेले भने, ‘ठूलो मास नदेखेर होला, सरकारले हामीलाई औपचारिक रुपमा वार्तामा बोलाएन । के के समस्या छन् भनेर सोधेन । अब हामी पनि हल्लाखल्ला र ठूलो मास देखाउन लाग्छौं । तर उच्छृंखल ढंगले आन्दोलन गर्दैनौं ।’

सरकारले अहिलेसम्म औपचारिक रुपमा वार्तामा नबोलाएको पनि उनले बताए । न्यौपानेले आफ्ना २० बुँदे मागबारे सरोकारवाला मन्त्रालय, मन्त्री, प्रमुख दलका प्रमुख सचेतकहरु, ट्रेड युनियनलाई ध्यानाकर्षण गराएको पनि अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार