मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

धनुषा- १ मा मातृका यादवलाई विजयी घोषणा नगरेपछि नेकपाको आपत्ति

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा- १ निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसके पनि निर्वाचन आयोगले निर्वाचित प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा मतगणना सम्पन्न भई यादव विजयी भइसकेको अवस्थामा पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगले फागुन १८ गते निर्वाचन ऐन, २०७४ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो। उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालत पुगेका छन्। मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै आयोगले भने हालसम्म निर्वाचन परिणाम सार्वजनिक गरेको छैन। यद्यपि, उम्मेदवारी खारेज भइसकेपछि पनि रास्वपाका उम्मेदवारले धेरै मत पाएको देखिएको छ।

निर्वाचन सम्बन्धि कानुन र अभ्यासअनुसार उम्मेदवारी खारेज भएपछि त्यसमा परेको मत नगरी अरु चिन्हको मत मात्र गरेर निर्वाचित घोषणा गरिनुपर्ने भए पनि आयोगले उनलाई प्रमाणपत्र दिन रोकेको हो। यसैअनुसार नेकपाले उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिलाई गणनामा राख्न नमिल्ने भन्दै सबैभन्दा बढी मत प्राप्त गरेका आफ्ना उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी घोषणा गर्न माग गरेको छ।

विज्ञप्तिमा निर्वाचन आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न निर्देशन दिएको र सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा पनि प्रमाणपत्र वितरणमा ढिलाइ गर्नु र स्थापित निर्वाचन प्रक्रियाविपरीत काम हुनु चिन्ताजनक भएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार