मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मेटमणि चौधरीको खुलासा: एमालेका अध्यक्ष ओली छिट्टै पक्राउ पर्ने

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादी नेता मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

आज (मंगलबार) नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गिरीबन्धु टी स्टेट्स प्रकरणमा ओलीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । 

उनले एमाले अध्यक्ष ओली चाडैँ पक्राउ पर्ने समेत दाबी गरे । उनले भने ‘ओलीजी पक्राउ पर्ने होइन, चाडैँ समातिँदै छन् । त्यो कारणले प्रत्येक दिन सदन अवरोध गर्ने, अनेक बाहना निकाल्ने, अनेक कुरा गर्ने काम गरिरहेका छन् । समातिन्छौँ भनेर यो खालको बखेडा झिकिरहेका छन् ।’

ओली क्याबिनेटले नै गिरीबन्धु टी स्टेट्सबारे निर्णय गरेको हुनाले उनी नै दोषी भएको चौधरीले दाबी गरे । उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा नै क्याबिनेटले गिरीबन्धु टी स्टेट्स प्रकरणबारे निर्णय गरेको थियो । ओलीको मान्छे भूमि सुधारमन्त्री, त्यो क्याबिनेटले गरेको निर्णय, त्यसैले ओली नै दोषी हुन्, ओली समातिनुपर्छ ।’ सरकारले यही वर्ष ओलीलाई समात्ने उनको दाबी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि केही समयअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरण पनि छानबिन गर्ने बताएका थिए । यो जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई विभिन्न आरोप लागेको छ ।

एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु टी स्टेटको नाममा रहको ३ ४२ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौँ संशोधन गरेको थियो ।

यस्तो बहुमूल्य जग्गा बेच्ने वातावरण तयार गरिदिन कानुन संशोधन गरेको आरोप तत्कालीन सरकार र त्यसको नेतृत्वकर्ता ओलीलाई लागेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार