मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

मुस्लिम युवाहरुले पनि लगाए तिहारको भाइ टीका

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२९ कार्तिक २०८०, बुधवार

बाँके । पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेकोर सोही बमोजिम मनाउने गरिन्छ । तर,फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्विकार गरी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र स्वतन्त्रता झल्किन्छ ।

यस्तै बाँकेको नरैनापुरका मुस्लिम समुदायका युवाहरुले हिन्दु धर्म अन्तर्गत मनाइने तिहार मनाउँदै आएका छन् । उनले यस वर्षको तिहारमा पनि हिन्दु परम्परा अनुसार भाइटिका लगाएका छन् । उनीहरुले राप्ती सोनारीकि एक हिन्दु महिलाबाट टिका लगाएका हुन् ।

नरैनापुर गाउँपालिका वडा नं ३ का साकिर खान र सोही ठाउँ बस्ने राज खान मुस्लिम समुदायको भए पनि हिन्दूहरूको तिहार पर्व अति नै मनपर्ने हुनाले मनाउँदै आएको बताउँछन् । तिहार पर्व दाजुभाइ र दिदी बहिनीहरूको आत्मिएता जोड्ने पर्व भएको हुनाले विगत लामो समयदेखि तिहारको सप्तरङ्गी टिका लगाउँदै आएको साकिर खानले बताए। राप्ती सोनारी ५ घर भएकि तारा ओलीको घरमा गई उनीहरुले टिका ग्रहण गरेका छन् ।

बुधबार परेको तिहारमा पनि दिदी तारा ओलीको हातबाट टिका, मालामा सजिएर भाइटिका मनाएका थिए। दिदी ओली भए पनि आफू पनि सोही परिवारको सदस्य जस्तै लागेको हुनाले दिदी मानेर तिहारको सप्तरङ्गी टिका लगाउँदै आएको बताए। तारा ओलीले आफ्ना दाजुभाइ जस्तै मानेर हरेक वर्ष उनलाई संगै राखेर तिहार पर्व मनाउने गरेको बताइन् ।

साकिरले रक्षा बन्धनमा राखी बाँध्छन् । दशैँमा निधारमा टीका र कानमा जमरा लगाएर आशिर्वाद थाप्छन् । आज तिहारमा टीका लगाए । एउटा मुस्लिम परिवारमा जम्मिएर हिन्दूको पर्वमा यसरी उत्सव मनाउनु साँच्चिकै कठिन छ । सन्देश भने त्यत्तिकै बलियो ।

यी गतिविधिलाई साकिरले धर्मभन्दा माथि राखेर हेर्छन् । उनलाई लाग्छ, एक धर्मको आस्थालाई अर्को धर्मले सम्मान गर्नुपर्छ । तर, धर्मको सम्मान भन्दै राजनीतिक आस्थाका आधारमा मुस्लिमले मन्दिरमा गएर पूजा, आरती गर्नु र हिन्दुले मस्जिदमा गएर नमाज पढ्नुलाई चाहिँ ढोंग ठान्छन् राज खान । 

बाँकेको नरैनापुर जहाँ उनी जन्मिए । जहाँ हिन्दू र मुस्लिमको मिश्रित बसोवास छ । यसै पनि नेपाल बहुजाती, बहुभाषी र बहु धार्मिक र भौगोलिक विविधतामा फैलिएको मुलुक हो ।

साकिरले चेतना खुलेपछि निरन्तर देख्दै आएको कुरा हो, चाडपर्वका बेला एकअर्का धार्मिक समुदायबीचको सौहार्दता । तिहार जसलाई दिपावलीका रुपमा सबैले उत्सव मनाउँथे । उसै गरी इद, छट, फागु सेलिब्रेट गर्थे ।

टीका ग्रहणपछि सामाजिक विरोधको त्यति ठूलो अनुभव छैन उनीसँग । तर, राजनीतिक प्रतिशोधका कारण उनका विरोध भने नभएका होइनन् । जब धर्मलाई राजनीतिकरण गरिन्छ, त्यहीँबाट शुरु हुन्छ समस्या । त्यहीँबाट विखण्डित हुन पुग्छ समाज ।

‘तिहारको टीका लगाउँदैमा मुस्लिम हिन्दु हुँदैन । यो त नियतमा भर पर्ने कुरा हो । एउटी दिदी बहिनीले कसैलाई सम्मान स्वरुप टीका लगाउन आग्रह गर्छ भने ग्रहण गर्नु सम्मान हो’, साकिरको तर्क छ, ‘यसलाई धार्मिक विधिअनुसार आत्मसाथ गर्नुभयो भने हाम्रो कानूनले बर्जित गरेको छ, त्यसलाई धर्म परिवर्तन मानिन्छ ।’ एकआपसमा दुःख बिर्सेर मित्रता बढाउनका लागि यस टीकाले मद्दत गरिएको उनको बुझाइ रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार