मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

जानकीमा साहित्य–पर्यटन महोत्सव सम्पन्न : दिगो पर्यटनमार्फत समृद्धि हासिल गर्ने प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3693+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिकाको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समितिको भाषा तथा समालोचना विभागद्वारा आयोजित ‘जानकी पर्यटन प्रवद्र्धन तथा साहित्यिक महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । साहित्य, संस्कृति र पर्यटनको संगम बनेको उक्त कार्यक्रमले जानकीलाई दिगो पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।

समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष राम प्यारी यादव र प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष छब्बन खाँले जानकीलाई पर्यटनमैत्री पालिका बनाउने लक्ष्य रहेको उल्लेख गर्दै दिगो र समावेशी पर्यटन नै समृद्धिको आधार भएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले पर्यटन नीति निर्माण गर्ने प्रतिबद्धता जनाउँदै दीर्घकालीन योजना र स्पष्ट कार्यदिशा आवश्यक रहेको धारणा राख्नुभयो।

वडा नं. ५ का अध्यक्ष एवं पालिकाका प्रवक्ता टिकानाथ यादवले जानकी पर्यटनको उर्वर भूमि भएको बताउँदै सरोकारवालासँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। समाजका महासचिव सुन्दर गुरुङले साहित्य र पर्यटन एकअर्काका परिपूरक क्षेत्र भएको धारणा राख्नुभयो।

कार्यक्रममा डा. राजकुमार थारुले कार्यपत्र प्रस्तुत गर्दै जानकी ६३.३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको र ५५ वटा निर्माण कम्पनी दर्ता रहेको तथ्य उल्लेख गर्नुभयो। उहाँले औद्योगिक अध्ययन प्रतिष्ठान स्थापना, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र वाङ्मय प्रतिष्ठानको स्थापना गर्न सके जानकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्षम हुने सुझाव दिनुभयो।

पर्यटन विज्ञ श्रीराम सिग्देलले बाँके हालसम्म दिगो पर्यटन गन्तव्य बन्न नसकेको उल्लेख गर्दै यसलाई केवल ‘गन्तव्य’ मात्र नभई दीर्घकालीन योजना र गुरुयोजना निर्माणमार्फत सशक्त पर्यटन केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । जानकीका बरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले गुरुयोजना निर्माण गरी व्यवस्थित ढंगले पर्यटन प्रवर्द्धनका काम अघि बढाइने जानकारी दिनुभयो।

कार्यक्रममा सनत रेग्मी, अब्दुल लतिफ शौक, प्राज्ञ महानन्द ढकाल, हरि प्रसाद तिमिल्सिना, नरेन्द्रजङ पिटर, भारतीय साहित्यकार राम बहादुर मिश्रा लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी साहित्यकारहरूलाई सम्मानसमेत गरिएको थियो।

उक्त अवसरमा ‘दौतरी’ नामक पुस्तकको समेत विमोचन गरिएको थियो। साहित्यिक ऊर्जा र पर्यटन सम्भावनालाई एकै मञ्चमा उभ्याउँदै सम्पन्न भएको यो महोत्सवले जानकीलाई सांस्कृतिक तथा दिगो पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा नयाँ आशा जगाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार