मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँकेको नरैनापुरको मियाँ पुर्वामा माघ २८ गते देखि मेला सुरु हुदैँ

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२० माघ २०८१, आइतबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका वडा नं २ मियाँ पुर्वामा विगत डेढ सय बर्षदेखि हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बर्ष पनि हुने भएको छ ।

नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर मियाँपुर्वामा यहि माघ २८ गते देखि सुरु हुने मेलाको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । १८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ ।

मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा जादु खेल लगायत हुने गरेको छ । मेलामा भारतका चर्चित कौव्वाल रासिद नियाजी तथा आलिया इण्डियनका बिच जवाफी कौव्वाली मुख्य आकर्षण रहेको मेला आयोजक समितिका सदस्य एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो । कौव्वाली सुन्न सयौं मानिस आउने गर्दछन् ।

मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको अध्यक्ष शाहले बताउनुभयो । यसैगरी मेलास्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ ।

मेलामा दर्शकहरुलाई मनोरञ्जन गराउनका लागि भारतबाट आएका प्रशिद्ध नौटन्की नाचको आयोजना हुने गर्दछ भने नेपाल र भारतका ठूल्ठूला ब्यापारिक कम्पनीहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार