मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

नरैनापुरमा चोरी र तस्करीका घटना बढ्दै, इलाका प्रहरी गैरजिम्मेवार

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
चोरी नियन्त्रण गर्न स्थानीयबासीको माग
१५ पौष २०७९, शुक्रबार

बाँके । बाँकेको नरैनापुरमा आपराधिक घटना बढे पनि प्रहरी सक्रियता भने बढ्न सकेको छैन । नरैनापुरमा चोरीका घट्ना बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।

केही समययता नरैनापुरको सुरक्षा व्यवस्था बिग्रिँदै गएको सरोकारवाला बताउँछन् । चोरी र लुटपाटका घटना भइरहँदा पनि सुरक्षा निगरानी बढ्न सकेको छैन । चोरीमा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न नसक्दा यस्ता घटनाहरू गाउँमा बढ्न थालेको स्थानीयको गुनासो छ ।

बिहिबार राति नरैनापुर गाउँपालिका वडा नं १ मंझरेटी गाउँमा मोहम्मद खलिल तेलीको घरमा चोरी भयो ।  ताल्चा नै तोडेर अज्ञात समूहले दराज र बक्सा भित्र राखिएको एक लाख नगद र ४ लाख २० हजार रुपियाँ बराबरको सुन चोरी गरेर फरार भए । चोरी भएको बारेमा जानकारी गराउद पनि इलाका प्रहरी कार्यालय भगवानपुरले कुनै चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् । 

नेपाल प्रहरीको चौकी देखि ५ सय मिटरको दुरीमा चोरी हुँदा समेत प्रहरी मौन बस्नुले स्थानीयलाई त्रासीत बनाएको स्थानीय मोहम्मद खलिल तेलीले बताए । 

यता खुला सिमानाको फाइदा उढदै नरैनापुरमा तस्करी समेत बढेको छ । तस्करी र चोरीलाई समयमा नियन्त्रण नगरिए अपराधीक घटना बढ्न सक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार