मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

बाँके । पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।

कोहलपुर २ का ७७ वर्षीय वेदकान्त खत्री बाथ रोगको रोगी हुनुहुन्छ । लामो समयदेखि बाथबाट ग्रसित उहाँ उपचारको लागि धेरै ठाउँमा पुग्नुभयो तर निको नभएपछि आयुर्वेदिक औषधालयमा आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छिटो निको होला भनेर एलोपेथिक औषधिको प्रयोग धेरै गरे तर सन्चो भएन । अहिले आयुर्वेदिक औषधालयमा आएर मिश्रणयुक्त जडीबुटीको औषधि खाने र सेकाउने गरेको छु, पहिलेभन्दा अहिले ठिक भएको छ ।”

यस्तै कोहलपुर ७ का रमेश खड्कालाई मधुमेह भएको १८ वर्ष भयो । उहाँ पनि एलोपेथिक औषधिसँगै आयुर्वेद औषधिको प्रयोग गर्ने गरेको बताउनुहुन्छ । एलोपेथिकमा जस्तो धेरैतिर धाउनुपर्ने, लाइन बस्नुपर्ने, रोग अनुसारका चिकित्सक भेट्न समय लिनुपर्ने झन्झटले गर्दा पनि अहिले आयुर्वेदिक उपचारप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको उहाँको भनाइ छ ।

खजुराकी पवित्रा शर्मालाई आयुर्वेद औषधिले निको हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । ढाडको समस्या रहेको उहाँलाई जब आयुर्वेदिक औषधालयमा सेवा लिनुभयो त्यसपछि यो सेवाप्रति विश्वास बढ्दै गएको उहाँको भनाइ छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडीबुटीजन्य औषधि आयुर्वेदिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने र प्रभावकारी पनि देखिएकाले आयुर्वेदिक सेवाबाट सबैले लाभ लिनुपर्ने बताउनुहुन्छ ।

यस्तै खजुरा गाउँपालिका वडा नम्बर ३ का सेवाग्राही गोपाल वलीले उच्च रक्तचापका कारण हिँडडुल गर्न समेत कठिन हुने अवस्थामा रहेको र बाँके आयुर्वेद स्वास्थ्य केन्द्रबाट पञ्चकर्म थेरापी सेवा लिँदै गर्दा आफु अरूको साहारा बिना हिँडडुल गर्न सकेको बताउनु भयो।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका प्रमुख डाक्टर गीता रेग्मीका अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बाँकेका आठै वटा पालिकामा सञ्चालनमा रहेका नागरिक आरोग्य केन्द्र र आयुर्वेद औषधालयबाट करिब ४० हजारले सेवा लिएको जानकारी दिनु भयो। उहाँले खागसरि नसर्ने रोग उपचारका लागि आयुर्वेदको सेवालिनेको सङ्ख्या बढ्दो अवस्थामा रहेको बताउनु भयो।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अन्तर्गत संघ र प्रदेशबाट सञ्चालनमा रहेका सातवटा संस्था र जानकी गाउँपालिकाले आफ्नो स्वामित्वमा सञ्चालनमा ल्याएको संस्थाबाट सेवा प्रवाह हुँदै आएको छ। आयुर्वेद लोकप्रिय हुनु यसको उपचार पद्धति नै भएको केन्द्र प्रमुख डा। रेग्मीको भनाई छ।

बाँकेमा आयुर्वेद स्वास्थ्य सेवाबाट ३९ हजार २ सय २ जनाले सेवा लिएका छन् ।जसमा नेपालगन्जबाट मात्रै २७ हजार ७ सय ६० ले सेवा लिएका छन् भने बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जबाट पञ्चकर्म १ हजार ४१ ज्येष्ठ नागरिक ६ सय ३२, सुत्केरी आमा पोषण कार्यक्रम २ सय ५, विद्यालय आयुर्वेद योग कार्यक्रम १ हजार ५सय ९६,योग प्रशिक्षक प्रशिक्षण २० जना,स्वास्थ्य जीवनशैली २ सय ६६, महिला स्वास्थ्य स्वयम सेविका अभिमुखीकरण २०, भान्सा सुधार कार्यक्रम ४० र आयुर्वेद शिक्षा अन्तरर्गत घरभेट कार्यक्रम २ हजार ५ सय २० ले सेवा लिएको कार्यालयले जनाएको छ। 

आयुर्वेद सेवाको प्रचारप्रसारलाई व्यापक गर्न सके नसर्ने रोगको निदानको लागि आयुर्वेद सेवा निकै प्रभावकारी हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार