मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |
मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |


विद्युत् दुर्घटना न्यूनिकरण तथा सुरक्षा सचेतना कार्यक्रम नरैनापुरबाट सुरु

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
८ मंगशिर २०८२, आइतबार

बाँके । बाँकेको अति दुर्गम क्षेत्रका रूपमा परिचित नरैनापुरस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत १५० विद्यार्थीलाई विद्युत् दुर्घटना न्यूनिकरण तथा सुरक्षा सचेतना कार्यक्रम आइतबार सम्पन्न गरिएको छ। नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रको पहलमा आयोजित उक्त कार्यक्रमले दुर्गम क्षेत्रमा बढ्दो विद्युत् दुर्घटनालाई रोकथाममा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।

नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले सहजीकरण गर्दै विद्युत् उपयोगका क्रममा अपनाउनुपर्ने सावधानीदेखि अत्यावश्यक आकस्मिक उपायसम्मका विषय विस्तृत रूपमा प्रस्तुत गर्नुभयो । उहाँले विद्युत् सेवा दैनिक जीवनको अविच्छिन्न आवश्यकता भएकाले यसको प्रयोगमा सानोतिनो लापरवाही पनि घातक बन्न सक्ने भन्दै सजग रहन विद्यार्थीलाई आग्रह गर्नुभयो।

“विद्युत् भान्सा, उद्योग, प्रकाश वा प्रविधि जताततै आवश्यक छ । तर यो स्वयं संवेदनशील र जोखिमपूर्ण सेवा भएकाले प्रयोग गर्दा थप जिम्मेवार र सावधान हुन जरुरी छ,” प्रमुख लामिछानेले भन्नुभयो। उहाँले हालै मुलुकभर विद्युत् दुर्घटनाका घटनामा वृद्धि देखिएको भन्दै यो विषय प्राधिकरण मात्र नभई सबैको सामूहिक सरोकार भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपालगञ्ज वितरण केन्द्रका प्रशासन शाखा प्रमुख लक्ष्मी प्रसाद उपाध्यायले खुला तारबाट टाढा रहनु, भिजेको हातले स्विच नछुने, मर्मतको काम अघि मुख्य स्विच अनिवार्य बन्द गर्ने, सर्ट हुँदा छुन नजानेलगायतका महत्त्वपूर्ण बुँदा प्रस्ट्याउनुभयो। “सामान्य बेवास्ताबाट दुर्गामी जोखिम निम्तिन सक्छ,” उहाँले विद्यार्थीलाई सचेत गराउनुभयो ।

विद्यार्थीहरूले पनि विद्युत् सुरक्षा सम्बन्धी धेरै जिज्ञासा राखेका थिए । विद्यालयले दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीका लागि यस्तो कार्यक्रम अत्यन्त प्रभावकारी भएको भन्दै आगामी दिनमा प्राविधिक र व्यावहारिक तालिम थप गर्न सुझाव दिए ।

बिधुत प्राधिकरण नेपालगन्जका लेखा अधिकृत बुद्धि सागर भुषालले विद्युत् कार्य अत्यन्त संवेदनशील भएको उल्लेख गर्दै सानो गल्तीले पनि ज्यान जाने घटना बारम्बार देखिएको बताउनुभयो । “अहिले पनि बाँकेमा लाइन मर्मतका क्रममा घाइते भएका एक कर्मचारी उपचाररत छन्,” भुषालले जानकारी गराउनुभयो। लापरवाही, कमजोर समन्वय, खुला तार, प्राविधिक गडबडीलगायत कारणले बर्सेनि सयौँ मानिस तथा चौपायाको अकाल मृत्यु हुनुका साथै ठूलो धनसम्पत्ति नष्ट हुने गरेको उहाँले बताउनुभयो ।

विद्युत् शक्तिको उपयोग जीवनका लागि अपरिहार्य भए पनि सावधानी बिना यसको प्रयोग अत्यन्त जोखिमपूर्ण हुने भएकाले कर्मचारीदेखि सर्वसाधारणसम्म सबैले सुरक्षा मापदण्ड पालना गर्नुपर्नेमा वक्ताहरुको भनाई थियो । साथै, ‘विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७’ मा तोकिएको क्षतिपूर्ति रकम समयानुकूल नपुगेको भन्दै यसको पुनरावलोकन गर्न शिक्षकहरूले ध्यानाकर्षण गराएका थिए ।

बिधुत प्राधिकरण नेपालगन्जले आज आइतबार देखि सुरु गरेको अभियान मंसिर १३ गते सम्पन्न गर्ने नो लाइट शाखाका प्रमुख विष्णु खत्रीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार