मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

मेरो प्लानेटको स्विमिङ पुलका लाइफ गार्डको बेवास्ताका कारण एक बालकको ज्यान गयो

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
रहस्य मय तरिकाले मेरो प्लानेटमा बालकको मृत्यु, घटनालाई गुपचुप राखियो
२६ असार २०७९, आइतबार

बाँके । बाँकेको नेपालगञ्जमा रहेको मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज स्थित मेरो प्लानेटको स्विमिङ पुलमा पौडी खेल्न पुगेका नेपालगञ्ज ११ घर भएका बालकको मृत्यु भए पनि उक्त घटनालाई गोप्य राखिएको छ ।

नाम समेत सार्वजनिक नगरिएको उक्त बालकको शवलाई पोष्टमार्टमका लागि मेरो प्लानेटका कर्मचारीहरुले भेरी अस्पताल पुर्याइएका थिए । 

गर्मी छल्न बालक स्विमिङ पुल गएका थिए। त्यहाँ स्विमिङ गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका उनी एक्कासी स्विमिङ पुल भित्र खसेर डुबेको हुन सक्ने उनलाई देखेका एक जनाले नाम नलेख्ने सर्तमा बताए ।

उनी डुबेर मृत्यु भइ सकेको जानकारी पाउने बित्तिकै एम्बुलेन्स बोलाएर  उनको उद्धार भएको प्रत्यक्षदर्शीको भनाइ छ। उद्धार लगत्तै उनलाई पेट थिचेर पानी छदाएको र उपचारका लागि भेरी अस्पताल पुर्याउदै गर्द बाटो मै मृत्यु भएको एम्बुलेन्स चालकले बताए । अस्पताल पुगे पछि डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतक बालकले पौडि खेल्नका लागि प्रयोग गर्ने लाइफ ज्याकेट समेत नलगाएको बुझिएको छ। स्विमिङ पुलका लाइफ गार्ड (प्रशिक्षक) भएपनि उनी स्विमिङ कस्ट्यूम नलगाई बसेको र उनले घटना घटेको केही समयपछि मात्रै थाहा पाउँदा उद्धारमा ढिलाई भएको स्थानीयहरुले जानकारी दिए । 

घटनाका बारेमा मेरो प्लानेटका संचालक संग जानकारी लिने प्रयास गर्न खोजिए पनि सम्पर्क हुन सकेन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार