मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

बाँकेको बनकटवामा थारु लोक गित एंव पौराणिक नृत्य प्रतियोगिता हुँदै

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

बाँके । बाँकेको बैजनाथ गाउँपालिका - ५ बनकटवामा यही कात्तिक २१ र २२ गते थारु लोक गित एंव पौराणिक नृत्य प्रतियोगिता २०८१ हुने भएको छ । 

'थारु कला संस्कृतिको उत्थान, थारु भेषभुषा हाम्रो पहिचान' भन्ने मुल नाराका साथ यही २१ र २२ गते दुई दिने थारु लोक गित तथा पौराणिक नृत्य प्रतियोगिता २०८१ हुने भएको आयोजकले जनाएको छ । 

राष्ट्रिय थारु कलाकार मंच बाँकेको आयोजना तथा पर्यंटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा उक्त कार्यक्रम हुने भएको मंचका अध्यक्ष विनोद थारु (रामु) ले जानकारी गराउनुभयो । 

उक्त कार्यक्रमले थारु समुदायको संस्कतिको संरक्षण, संवर्द्धन गर्दै करिव १८ लाख थारूहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजकले जनाएको छ । लोपोन्मुख अवस्थाका थारू समुदायका कला, संस्कृति र परम्पराहरूको विकास तथा जर्गेनाको लागि यस्तो खालको कार्यक्रम आवश्यक रहेको अध्यक्ष थारुको भनाई थियो । थारू समुदायको पहिचानको रूपमा रहेका ऐतिहासिक, धार्मिक र पुरातात्वीक धरोहर र यसको महत्वका वारेमा जानकारी हुने लक्ष्यका साथ यस्तो खालको कार्यक्रम हरेक बर्ष गर्न आवश्यक रहेको मंचका उपाध्यक्ष श्रीदेवी थारुले जानकारी बताउनु भयो । 

ग्रामीण बस्तीमा रहेका थारू सांस्कृतिक पौराणीक लोक गीत तथा नृत्य सम्बन्धी प्रतिभाहरूको खोज पहिचान गरी त्यस्ता खाले नाचलाई उचाईमा पुर्याउनको निम्ति थारुहरुलाई संगठित हुन जरुरी रहेको मंचका सचिव देवदास थारुले जिकिर गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । थारु खानाका विभिन्न परिकारहरुको स्वाद समेत लिन सकिने कार्यक्रममा २५ बढी टिमको थारु पौराणिक कला झल्किने नाच हेर्न पाइने छ भने कार्यक्रममा प्रवेशको लागि निशुल्क व्यवस्था मिलाएको आयोजकले जानकारी गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार