मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

प्रेस युनियन बाँकेले बनायो ‘एनपीयु पत्रकार कल्याण कोष’

महमूद आलम खान 1132+ समाचार ( )
युनियन बाँकेको हालै बसेको कार्यसमिति बैठकले पनि एनपीयु पत्रकार कल्याण कोषलाई सक्रिय बनाउने निर्णय गरेको थियो
१२ पौष २०७८, सोमबार

बाँके । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनाएको छ । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले युनियन बाँकेले उक्त कोष स्थापना गरेको थियो । 

युनियन बाँकेको हालै बसेको कार्यसमिति बैठकले पनि एनपीयु पत्रकार कल्याण कोषलाई सक्रिय बनाउने निर्णय गरेको थियो । उक्त कोषमा सुरुमा युनियनका जिल्ला कार्यसमिति, पदाधिकारी आफैले स्वःस्र्फुत रुपमा रकम जम्मा गरेर अन्य ब्यक्ति, संस्था तथा निकायलाई पनि आग्रह गर्ने तयारीमा रहेको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताए ।

‘दिनरात रिपोर्टिङमा खटिने कुनै पत्रकार जब घटना वा दुर्घटनामा परेर घाइते हुन्छ, अथवा कुनै जटिल प्रकारको रोगबाट ग्रसित हुन्छ, उसले सहज रुपमा उपचार गराउन सक्दैन,’ अध्यक्ष ओलीले भने ‘यस्ता धेरै पत्रकारले आर्थिक कठिनाई बेहार्नु परिरहेको हाम्रै आँखाले देखिरहेका छौं, त्यसकारण त्यस्तो समस्यामा परेका पत्रकारलाई आर्थिक सहयोग गरेर पीडामा मल्हम लगाउने प्रयास स्वरुप यो कल्याण कोष स्थापना गरिएको हो ।’ 

युनियनले स्थापना गरेपनि उक्त कोषले जिल्लाका सबै पत्रकारलाई समेट्ने उनले बताए । कोष सञ्चालनका लागि युनियनले निर्देशिका समेत तयार गर्ने ओलीले जानकारी दिए । ‘कोषमा जम्मा हुने रकमबाट प्राप्त हुने ब्याजलाई हामी औषधी उपचार गर्न समस्यामा परेका पत्रकारलाई हस्तान्तरण गर्नेछौं, सहयोग रकम कसरी वितरण गर्ने भन्नेबारे हामी छिट्टै एउटा निर्देशिका बनाउनेछौं ।’ 

युनियन बाँकेका सचिव विजय मल्लले कल्याण कोषमा आवश्यक सहयोग गर्न सबैलाई आब्हान गरिएको बताए । ‘कल्याण कोषमा सहयोग गर्न हामी सबैलाई आब्हान गर्दछौं, इच्छुक ब्यक्ति, संस्था र निकायले युनियनको बैंक खातामा सिधैं जम्मा गर्न अथवा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।’ 

कोषको अभाव हुँदा कतिपय पत्रकार तथा सञ्चारकर्मीले औषधी उपचारका लागि धेरै समस्या बेहोर्नु परेको सुनाउँदै सचिव मल्लले भने, ‘कल्याण कोषमा जम्मा हुने रकममा हामी पारदर्शिता देखाउँछौं, कस्ले र कहाँबाट कति सहयोग गर्नुभयो, त्यसको अभिलेख राखेर विभिन्न माध्यममार्फत सार्वजनिक पनि गर्नेछौं ।’ 

कल्याण कोषलाई अगाडी बढाउन युनियन बाँकेका अध्यक्ष ओलीको नेतृत्वमा उपाध्यक्ष समिरमान श्रेष्ठ, सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, सहसचिव लक्ष्मी चौधरी लगायत सम्पूर्ण कार्यसमिति सदस्य सक्रिय भएर लाग्ने निर्णय यसअघि नै भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार