मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

बाँके । बाँके जिल्लाका तीनै वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीस्वरूप निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोही स्थानबाट बाँके निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयसमेत सञ्चालनमा आएको बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ का लागि राप्तीसोनारी गाउँपालिका–अगैयामा र निर्वाचन क्षेत्र नं ३ का लागि कपास विकास समिति, खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्ता, मतदाता नामावलीसम्बन्धी कार्य, निर्वाचन सामग्री व्यवस्थापनलगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अब सोही कार्यालयमार्फत सञ्चालन हुने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाललगायत सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मतदाता तथ्यांकअनुसार बाँके निर्वाचन क्षेत्र नं १ मा ६२ हजार ३ सय ५८ पुरुष, ६२ हजार ३ सय ६७ महिला र २ जना अन्य गरी कुल १ लाख २४ हजार ७ सय २७ मतदाता रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ५७ हजार १ सय १७ पुरुष, ५१ हजार १ सय ६७ महिला र ६ जना अन्य गरी कुल १ लाख ८ हजार २ सय ९० मतदाता रहेका छन् ।

बाँके निर्वाचन क्षेत्र नं ३ मा ५८ हजार ६ सय ६४ पुरुष, ५९ हजार ६ सय ८९ महिला र १ जना अन्य गरी कुल १ लाख १७ हजार ३ सय ३४ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाभर १ सय ३९ मतदान स्थलमा ४ सय मतदान केन्द्र तोकिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको बाँके जिल्लामा कुल ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेको जनाइएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै बाँकेमा प्रतिनिधिसभा निर्वाचनको माहोल थप सक्रिय बन्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार