मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

जनमतको भागमा सामान्य प्रशासन मन्त्रालय
सामान्य प्रशासन मन्त्री बन्न लागेकि अनिताको शपथ भोलि बिहान १० बजे हुने

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

काठमाडौं । जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ।

साहको आजै शपथ हुने तयारी थियो। सोमबार शपथ हुने प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सञ्चार विज्ञ मनोहरि तिमल्सिनाले बताए । राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ।

अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाएका छन् ।

अनितादेवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ।

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो । सरकार छाडेको चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो।

जनमतले सिफारिस गरेकी अनिता साह पार्टी सचिव हुन्। धनुषाकी साह जनमतमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्। स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार