मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

दिपेन्द्र बिष्टको उपस्थितिमा चुनावी सम्पर्क कार्यालय उद्घाटन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१३ माघ २०८२, सोमबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा चुनावी माहोल दिनानुदिन थप उर्जाशील बन्दै गएको छ। यही क्रममा आइतबार भव्य रूपमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट र समानुपातिक उम्मेदवार जामिया खातुनको उपस्थितिले पुरैनीमा परिवर्तन र भरोसाको सन्देश फैलिएको स्थानीयले बताएका छन्।

उद्घाटन कार्यक्रममा समानुपातिक उम्मेदवार जामिया खातुन, निर्वाचन परिचालन समितिकी संयोजक पूर्णा कुमारी सुवेदी, नेपाली कम्युनिस्ट पार्टीका नेता, प्रदेश सदस्य रतन शाहीलगायत नेता–कार्यकर्ता तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम स्थल जनसमर्थन र उत्साहले भरिएको देखिन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार दिपेन्द्र बिष्टले विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राखेर जनतासँगै अघि बढ्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवादेखि व्यवसायी र सर्वसाधारणसम्मका आवाजलाई नीति र कार्यक्रममार्फत सम्बोधन गरिने बताउँदै समावेशी र व्यवहारिक राजनीतिको खाँचो औंल्याउनुभयो ।

नेताहरूले वडा नं. २२ पुरैनीलाई सशक्त, समावेशी र विकासमुखी बनाउने साझा लक्ष्य दोहोर्याउँदै घरदैलो र जनसंवादलाई थप तीव्र बनाइने जानकारी दिए। सम्पर्क कार्यालय उद्घाटनसँगै पुरैनीमा चुनावी चहलपहल उल्लेख्य रूपमा बढेको छ, जसले स्थानीयस्तरमा दिपेन्द्र बिष्टप्रतिको विश्वास र समर्थन झन् बलियो बन्दै गएको संकेत गरेको छ।

यसैबीच नेकपाबाट उम्मेदवार बनेकी जामिया खातुन पनि दिपेन्द्र बिष्टसँगै निर्वाचन प्रचार–प्रसारमा सक्रिय रूपमा सहभागी रहनुभएको छ, जसले समावेशी अभियानलाई थप ऊर्जा दिएको सहभागीहरूको भनाइ छ।

पुरैनीमा देखिएको उत्साह, सहभागिता र जनसमर्थनले यो निर्वाचनमा दिपेन्द्र बिष्ट जनताको पहिलो रोजाइ बन्दै गएको स्पष्ट संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार