मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँके–२ मा चुनावी सरगर्मी बढ्दो, दिपेन्द्र विष्टको घरदैलो अभियान सक्रिय

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२० माघ २०८२, सोमबार

नेपालगन्ज। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका साझा उम्मेदवार दिपेन्द्र विष्ट ले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिँदै वडा नम्बर २ का मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिनुभएको छ ।

उहाँ यतिबेला घर–घरमा पुगेर मतदातासँग संवाद गर्दै उनीहरूको गुनासा सुन्ने, सुझाव संकलन गर्ने र अग्रज व्यक्तित्वहरूबाट आशीर्वाद लिने कार्यमा सक्रिय रहनुभएको छ। अभियानका क्रममा उम्मेदवार विष्टले क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र आधारभूत पूर्वाधार विकास लाई आफ्नो प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्नुभएको छ ।

घरदैलो भेटघाटका क्रममा उहाँले भन्नुभयो,“हरेक घरको ढोका र हरेक मनको आवाज सुन्नु नै मेरो अभियानको मूल उद्देश्य हो। जनताको आवश्यकता र भावना अनुसार काम गर्ने जिम्मेवार नेतृत्व दिन म प्रतिबद्ध छु ।”

स्थानीय बासिन्दाहरूले पनि उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूले आफ्ना समस्या खुलस्त राख्न पाउँदा आशा जागेको र विकास तथा सकारात्मक परिवर्तनको अपेक्षा बढेको प्रतिक्रिया दिएका छन् ।

घरदैलो अभियानसँगै बाँके–२ मा चुनावी माहोल क्रमशः तातिँदै गएको छ। उम्मेदवारहरूको सक्रियता बढ्दै जाँदा मतदातामाझ राजनीतिक चासो र उत्साह पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार