बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ मा नेकपा माओवादी केन्द्रबाट आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा सिफारिसमा पर्नु भएकि मिना मल्ल पुनले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका समितिले आफूलाई योग्य सम्झी अध्यक्ष पदमा सिफारिस गरेकोमा नगर समिति लगायत समस्त माओवादी नेता तथा कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै पुनले आफ्नो उम्मेदवारी फिर्ता लिएको सामाजिक संजाल मार्फत जानकारी दिनु भयो । लोकतन्त्रमा विश्वास गर्नेले पद लिन मात्र होइन, त्याग गर्न र दिन पनि सक्नुपर्ने विचार व्यक्त गर्नु भयो ।