मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बाँकेमा १३ हजार बढी युनिट रगत सङ्कलन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बाँकेमा गत आर्थिक वर्ष २०७९-०८० मा १३ हजार बढी युनिट रगत सङ्कलन भएको छ ।
१२ श्रावण २०८०, शुक्रबार

गजेन्द्र गुरुङ

खजुरा । बाँकेमा गत आर्थिक वर्ष २०७९-०८० मा १३ हजार बढी युनिट रगत सङ्कलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँकेले गत आर्थिक वर्षमा उक्त मात्राको रगत सङ्कलन गरेको रक्तसञ्चार सेवा केन्द्रका लुम्बिनी प्रादेशिक प्रमुख तथा रक्तसञ्चार सेवा व्यवस्थापन समिति बाँकेका सदस्य सचिव उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । 

प्रमुख रेग्मीले बिहीबार नेपालगन्जमा रक्तसञ्चार सेवा केन्द्र बाँकेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो जानकारी गराउनुभएको हो । रेग्मीका अनुसार नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र नेपालगन्ज र कोहलपुर दुई स्थानमा गरी गत वर्ष १३ हजार तीन सय ७४ युनिट रगत सङ्कलन भएको हो ।

जिल्लामा १५ हजार युनिट रगत सङ्कलन गर्ने लक्ष्य रहे पनि १३ हजार ३ सय ७४ युनिट रगत सङ्कलन भएको रक्तसञ्चार सेवा व्यवस्थापन समितिका सदस्य आलम खानले जानकारी दिनुभयो । गत वर्ष १६ हजार ५ सय युनिट रगत वितरण गर्ने लक्ष्य रहेकोमा १८ हजार ७ सय ५७ युनिट रगत वितरण गरिएको र त्यसबाट १७ हजार ९ सय १५ जना लाभान्वित भएको उहाँले बताउनुभयो ।

त्यसै गरी विभिन्न एक सय घुम्ती शिविर मार्फत ६ हजार ५ सय जना रक्तदातासँग रगत सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक सय २४ घुम्ती शिविरमार्फत ५ हजार ९ सय २८ जना रक्तदाताले रगत दान गर्नुभएको सदस्य खानले जानकारी दिनुभयो ।

गत वर्ष रक्तसञ्चार सेवा केन्द्रले १३ हजार ३ सय ७४ युनिट रगतमा जीवाणु परीक्षण गरेको र २९ हजार ५ सय ७९ युनिट रगतमा रक्त समूह परीक्षण गरेको रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ ।

सेवा केन्द्रले विभिन्न समयमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा रक्तदातालाई रगत दान गर्नका निमित्त उत्प्रेरणाका कार्यक्रमहरू गर्दै आएको प्रादेशिक प्रमुख रेग्मीले बताउनुभयो ।

नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट गरी दुई स्थानबाट रक्तसञ्चार सेवा केन्द्रले रगत सङ्कलन तथा वितरण गर्दै आएको छ । समितिका सभापति राजकुमार बर्माको सभापतित्व र नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोर्बधन सिंह सम्झनको प्रमुख अतिथि कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार